5 years ago
May 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर (एनएसएल) को प्लेअफको पहिलो खेलमा आज (मंगलबार) लिगको शीर्ष दुई स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे हुनेछ ।

यस खेलमा जित हात पार्ने टोलीले फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टिमले पनि अर्को अवसर भने पाउनेछ । काठमाडौंले लिग चरणमा धनगढीसँग ३–० को हार बेहोरेको थियो । काठमाडौं सोही हारको बदला लिने लक्ष्यसहित मैदान उत्रदै फाइनल पुग्ने दाउमा हुनेछ ।
काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले प्ले अफको खेलको लागि उत्साहित रहेको र टोली उच्च मनोबलका साथ मैदान उत्रने बताएका छन् । उनले टोलीको प्रदर्शनमा दिनानुदिन सुधार हुँदै आएको र धनगढीविरुद्ध राम्रो नतिजाको अपेक्षा गरिएको बताएका छन् । यस्तै काठमाडौंका मार्की खेलाडी तथा कप्तान विकेश कुथुले जित्नका लागि नै खेल्ने बताएका छन् ।
काठमाडौंसँग कप्तान तथा मार्की खेलमडी विकेश कुथु र तेज तामाङसँगै राष्ट्रिय टिमबाट खेलेका सन्जोक राई, विश्वास श्रेष्ठ, सुदिल राई, आशिष गुरुङ, छिरिङ गुरुङ, आशिष राई तथा विदेशी खेलाडीमा मेसौके ओलुमोउ, स्टेफेन समिर र फ्लोरेन्ट कोर्वा रहेका छन् । यस्तै सुदिप शिख्रकार, विश्वास उदास, राजन गुरुङ, विनय श्रेष्ठ, रुमेश बर्तौला, अन्जन राई, प्रेजेन तामाङ र अमृत श्रेष्ठ टोलीमा छन् ।

विराटनगरविरुद्ध ह्याट्रिक पुरा गरेका मेसौके ओलुमोउ टोलीका लागि मुख्य हतियार हुनेछन् । उनी लिगमा ह्याट्रिक पुरा गर्ने एक्ला खेलाडी हुन् । उनले लिगमा ५ गोल गरिसकेका छन् ।
यता, धनगढी पनि लिगमा पाएको जितलाई निरन्तरता दिदै फाइनल पुग्ने दाउमा हुनेछ । धनगढीका प्रशिक्षक तोपे फुजाले काठमाडौं विरुद्धको खेल निकै प्रतिस्पर्धात्मक हुने र टिमले गोल निकाल्नेमा ध्यान दिने बताएका छन् । उनले काठमाडौंको आक्रमण राम्रो भएपनि हामीले त्यसलाई रोक्न रणनीति बुनिरहेको र फाइनल खेल्ने लक्ष्य राखेर नै मैदान उत्रने बताएका छन् ।
यस्तै धनगढीका कप्तान तथा आइकोनिक खेलाडी किरण चेम्जोङले तयारी गर्ने समय त्यति नरहेपनि मानसिक रूपमा तयार रहेको र खेलको लागि उत्साहित रहेको बताए । उनले लिग र नकआउट राउन्डको खेलमा केही फरक आउने र खेल एकदमै प्रतिस्पर्धात्मक हुने बताएका छन् ।
धनगढीसँग आइकोनिक खेलाडी तथा कप्तान किरण चेम्जोङ, विशाल राई, दिनेश राजवंशी, अशोक खवास, रुपेश केसी, निशान खड्का, सौजन याख्खा राई, निशान लिम्बु, बुद्ध बल तामाङ, दर्शन गुरुङ र रमेश दंगाल टोलीमा छन् । यस्तै टंक बस्नेत, पुजन उपरकोटी, युद्ध शाही, टेकेन्द्र थापा र निराजन महर्जन टोलीमा रहेका छन् । विदेशी खेलाडीमा ओलावाले ओलाडिपो आफिज र फ्रान्कलिन कुटे टाल्ला छन् ।

यस खेलमा पराजित हुने टोलीले २९ बैशाखमा हुने ललितपुर र बुटवल लुम्बिनीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ । फाइनल १ जेठमा हुनेछ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १e जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।
यो पनि पढ्नुहोस : एनएसएल प्लेअफमा पुगेका ४ टोली यसो भन्छन
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]