5 years ago
May 11, 2021
एजेन्सी – म्यानचेस्टर सिटीका फ्रान्सेली डिफेन्डर एमेरिक लापोर्टले स्पेनको राष्ट्रिय टोलीबाट अर्को महिना सुरु हुने युरोपेली च्याम्पियनसिप खेल्ने भएका छन् ।

स्पेनको राष्ट्रिय टोलीका प्रशिक्षक लुइस एन्रिकेले स्पेनिस फुटबल महासंघका निर्देशकलाई केहि साता अघि लापोर्टलाई स्पेनबाट खेलाउन सकिने विषयमा छलफल गर्न भनेका थिए । स्पेनको प्रस्तावपछि लापोर्ट आफैंले पनि इच्छुक रहेको बताएका थिए । त्यसलगत्तै कागजी प्रक्रिया सुरु भएको छ । अब स्पेनलाई फिफाको स्वीकृतिको प्रतिक्षा रहेको र यो अब औपचारिकता मात्र बाँकी रहेको बुझिएको छ ।
फ्रान्सको एजेनमा जन्मेका लापोर्ट टिनएजमै एथ्लेटिक बिल्बाओमा अनुबन्धित भएका थिए । उनले उक्त क्लबमा ८ वर्ष बिताएपछि म्यानचेस्टर सिटी पुगेका थिए । सिटीले उनलाई खरिद गर्न ६५ मिलियन युरो खर्चेको थियो ।
लापोर्टले हालसम्म फ्रान्सको उमेर समूहको टोलीका लागि खेलेपनि सिनियर टोलीमा भने अवसर पाएका छैनन् । फ्रान्सका प्रशिक्षक डीडीएर डेस्च्याम्प्सले आफ्नो योजनामा लापोर्ट नरहेको प्रष्ट पारेका थिए । तर स्पेनले भने सन् २०१६ देखि नै उनलाई खेलाउने प्रयास गरेको थियो ।
लापोर्टको स्पेनिस राष्ट्रियता अधिकारिक रुपमा बुधबार पक्का हुने बुझिएको छ । स्पेनका प्रशिक्षकले युरोमा डिफेन्सलाई बलियो बनाउन लापोर्टलाई टोलीमा समेट्न लागेका हुन् । उनीसँगै स्पेनले सर्जियो रामोस, एरिक गार्सिया, पाउ टोरेस र इनिगो मार्टिनेजलाई सेन्टर डिफेन्डरको रुपमा प्रयोग गर्नेछ ।
फिफाको नियम अनुसार उमेर समूहमा अन्य राष्ट्रबाट खेलेका खेलाडीले राष्ट्रियता परिवर्तन गरे सिनियर टोलीमा आफ्नो रोजाईको टोलीबाट खेल्न सक्नेछन् । यसअघि फरवार्ड डिएगो कोस्टाले पनि ब्राजिल छाडेर स्पेनबाट खेलेका थिए ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]