default_image

3 years ago

May 17, 2021

जिदानको ध्यान रियल म्याड्रिडमै

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान सुखद रुपमा सिजनको अन्त्य गर्न चाहन्छन् । त्यसका लागि उनले आफू ला लिगाको आफ्नो टोलीको अन्तिम खेलमा केन्द्रित रहेको बताएका छन् । आइतबार एथलेटिक क्लबलाई १–० ले हराउँदै उपाधि जित्ने सम्भावनालाई यथावत राखेको छ । यद्दपी आफूले जितेर मात्र रियल च्याम्पियन हुने अवस्था भने छैन । शीर्षस्थानको एटलेटिको […]

71 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान सुखद रुपमा सिजनको अन्त्य गर्न चाहन्छन् । त्यसका लागि उनले आफू ला लिगाको आफ्नो टोलीको अन्तिम खेलमा केन्द्रित रहेको बताएका छन् ।

आइतबार एथलेटिक क्लबलाई १–० ले हराउँदै उपाधि जित्ने सम्भावनालाई यथावत राखेको छ । यद्दपी आफूले जितेर मात्र रियल च्याम्पियन हुने अवस्था भने छैन । शीर्षस्थानको एटलेटिको म्याड्रिडको रियलको भन्दा २ अंक बढी छ ।

आइतबार एकै समयमा भएको खेलमा एटलेटिकोले ओसासुनलाई २–१ ले हराएको थियो । सेल्टा भिगोसँग २–१ ले पराजित भएसँगै तेस्रो स्थानको बार्सिलोना भने उपाधि दौडबाट बाहिरिएको छ । एटलेटिकोको ८३, रियलको ८१ र बार्सिलोनाको ७६ अंक छ ।

अन्तिम खेलमा एटलेटिको बराबरी वा पराजित भएको खण्ड र आफू विजयी भएको अवस्थामा मात्र रियल च्याम्पियन बन्नेछ । अन्तिम खेलमा रियलले घरेलु मैदानमा आइतबार भिल्लारियलको सामना गर्नेछ । एटलेटिकोले रियल भालाडोलिडसँग खेल्नेछ ।

‘हामी आफ्नो खेल खेल्नेछौं । भिल्लारियलविरुद्धको खेल कठिन हुनेछ । त्यसैले हामी आफ्नो खेलमा केन्द्रित हुनेछौं’, आइतबारको जितपछि जिदानले भनेका छन् ।

आइतबार बिहान जिदानले आफ्नो खेलाडीलाई सिजनको अन्त्यसँगै क्लब छाड्ने बताएको समाचार प्रकाशित भएको थियो । तर फ्रान्सेली प्रशिक्षकले त्यो भनाई अस्वीकार गरेका छन् ।

‘जति बेला हामी उपाधि होडको निर्णायक मोडमा छौं त्यति बेला आफ्ना खेलाडीलाई म छोड्दैछु भन्न सक्छु । बाहिर कसले के भन्दा त्यो उनीहरुको रुचीको विषय भयो । मैले त्यस्तो कहिल्यै भन्न सक्दिन’, उनले भने, ‘सिजनको अन्त्य के हुन्छ त्यो हेरौं । तर अहिले हामी अन्तिम खेलमा केन्द्रित छौं । मैले आफ्नो भविष्यका बारेमा सुरुवातबाट एउटै भनाई राख्दै आएको छु ।’

रियल र एथ्लेटिकबीचको खेलपनि भिएआरका कारण विवादित रह्यो । रियलको पेनाल्टी बक्समा एथलेटिकका खेलाडीको ह्यान्ड बल भएपनि पेनाल्टी दिएन ।

हामीले यस्तो विषयमा पहिला पनि भनिसकेका छौं । म यो विषयमा समावेश हुन चाहन्न’, जिदानले थपे, ‘मलाई विश्वास छ रेफ्रीले आफ्नो काम सम्भव भएसम्म राम्रो गर्छन् । यो सत्य हो कि त्यो ह्यान्ड बल थियो भनिएको छ । तर रेफ्रीले आफ्नो काम गर्छन् ।

जिदानले फेरि एक पटक इडन हाजार्डलाई बेन्चबाट सुरुवात गरेका छन् । ‘हाजार्डका विषयमा केहि भएको छैन । यो समयमा अरु खेलाडीले खेलिरहेका छन्’, उनले प्रष्ट पारे, ‘मैले ११ जना छान्नु पर्छ त्यति हो । अरुले जस्तै उनले पनि योगदान गरे । मैले हरेक साता ११ जना खेलाडी छान्नुपर्ने हुन्छ ।’

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.