default_image

5 years ago

May 17, 2021

हाजार्डलाई समेट्दै बेल्जियमको टोली घोषणा

192 views

0 Bookmark

एजेन्सी – चोटबाट भर्खरै पूनरागमन गरेका स्पेनिस क्लब रियल म्याड्रिडका फरवार्ड इडेन हाजार्डलाई समेट्दै बेल्जियमले युरोकपको लागि २६ सदस्यीय टोलीको घोषणा गरेको छ ।

सन् २०१९ मा ८६ मिलियन पाउन्डमा म्याड्रिड पुगेदेखि नै हाजार्डले चोट बोक्न पुग्दा लामो समय मैदान बाहिर रहेका थिए । हजार्डले यो सिजन रियलका लागि २१ खेल खेलेका छन् । उनले चार गोल र एक असिस्ट दिएका छन् । प्रशिक्षक रोबर्टाे मार्टिनेजले भर्खरै पूनरागमन गरेका भएपनि हाजार्डलाई टोलीमा समेटेका हुन् ।

युरोपियन फुटबल महासंघले कोभिडका कारण टोलीमा २६ खेलाडी राख्न पाउने अधिकार दिएपछि बेल्जियमले त्यसको सदुपयोग गर्दै टोली छनोट गरेको हो । रियल म्याड्रिडका गोलरक्षक थिवाउट कोर्टुवासँगै लिभरपुलका पूर्व गोलरक्षक सिमोन मिग्नोलेटले पनि टोलीमा स्थान बनाएका छन् ।

प्रिमियर लिगमा लेस्टर सिटीबाट यो सिजन उच्च प्रदर्शन गरिरहेका टिमोथी कास्टाग्ने, युरी टिलेमान्स, डेनिस प्राएट र म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डि ब्रुयन पनि टोलीमा रहेका छन् । टोटेनहमका पूर्व डिफेन्डर जान भर्टोन्घन पनि टोलीमा छन् ।

यस्तै प्रशिक्षक मार्टिनेजले बेल्जियमको सर्वाधिक गोलकर्ता इटालियन च्याम्पियन इन्टर मिलानका फरवार्ड रोमेलु लुकाकु, नेपोलीका ड्रिएस मेर्टिन्स र जर्मन क्लब बोरुसिया डर्टमुन्डमा खेलिरहेका इडेन हाजार्डका आफ्नै भाई थोर्गन हाजार्डलाई पनि टोलीमा समेटेका छन् ।

युरोकप अर्काे महिनाबाट सुरु हुँदैछ । युरोकप युरोपका विभिन्न ११ शहरमा ११ जुनदेखि ११ जुलाईसम्म हुनेछ । बेल्जियम समुह ‘बी’ मा रहेको छ । यो समुहमा बेल्जियमसँगै डेनमार्क, फिनल्याण्ड र रसिया रहेका छन ।

बेल्जियम टोली

गोलरक्षक – थिवाउट कोर्टुवा, सिमोन मिग्नोलेट र माट्ज सेल्स

डिफेन्डर – टोवी एल्डरवेइरिल्ड, डेडरक बोयाटा, जासोन डिनायर, थोमस भर्मालेन र जान भर्टाेन्घन

मिडफिल्डर – यान्निक कारास्को, टिमोथी कास्टाग्ने, मासिर चाड्ली, थोर्गन हाजार्ड, थोमस म्युनिएर, केभिन डि ब्रुयन, लिएन्डर डेन्डनकर, डेनिस प्राएट, युरी टिलेमान्स, हान्स भानाकेन र एक्सेल विस्टेल

फरवार्ड – जेरेमी डोकु, इडेन हाजार्ड, ड्रिएस मर्टेन्स, लियान्द्रो ट्रोससार्ड, मिचेल बात्सुयाई, क्रिस्टियन बेन्टेके र रोमेलु लुकाकु

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.