default_image

3 years ago

May 17, 2021

युरोपियन गोल्डेन बुटका शीर्ष १० दाबेदार

एजेन्सी – युरोपियन क्लब फुटबलको जारी सिजन सकिने संघारमा छ । युरोपका शीर्ष पाँच स्पेनिस ला लिगा, इटालियन सिरी ‘ए’, जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वानमा अब अन्तिम चरणको खेल बाँकी छ । इंग्लिस प्रिमियर लिगमा भने २ चरणको खेेेेल बाँँकी । गत सिजन भन्दा फरक यो सिजन पनि युरोपियन गोल्डेन बुटको लागि खेलाडीहरुको प्रतिस्पर्धा […]

54 views

0 Bookmark

एजेन्सी – युरोपियन क्लब फुटबलको जारी सिजन सकिने संघारमा छ । युरोपका शीर्ष पाँच स्पेनिस ला लिगा, इटालियन सिरी ‘ए’, जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वानमा अब अन्तिम चरणको खेल बाँकी छ । इंग्लिस प्रिमियर लिगमा भने २ चरणको खेेेेल बाँँकी ।

गत सिजन भन्दा फरक यो सिजन पनि युरोपियन गोल्डेन बुटको लागि खेलाडीहरुको प्रतिस्पर्धा खासै चर्को छैन । शीर्ष ५ लिगका टोलीको एक गोलको २ अंक र शीर्ष ५ बाहिरको टोलीको गोललाई १.५ अंक दिइने गरिन्छ ।

यो सिजनको गोल्डेन बुटका लागि सबैभन्दा अघि जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की अघि देखिएका छन् । उनले यो सिजन ४० गोलको आँकडा पार गरेका छन् ।

गत सिजनको विजेता सिरो इमोविले यो सिजनको गोल्डेन बुटको दौडमा रहेका छैनन् । क्याटलान क्लबका कप्तान लियोनेल मेस्सी, इटालियन क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डो र पीएसजीका केलियन एमबाप्पे, रियल म्याड्रिडका करिम बेन्जेमासँगै डर्टमुन्डका एर्लिङ ब्राउट हालान्ड पनि गोल्डेन बुटको दौडमा अघि छन् ।

यहाँ शीर्ष १५ खेलाडीलाई उतारेका छौं ।

१५. कास्पर जुनकर (बोडो/ग्लिम्ट) ४०.५ अंक – २७ गोल

१४. डुसान भ्लाहोभिक (फियोरेन्टिना) ४२ अंक – २१ गोल

१३. पल ओनुआचु (जिन्क) ४३.५ अंक –२९ गोल

१२. लुइस मुरिएल (एटलान्टा) ४४ अंक –२२ गोल

११. मोहम्मद सलाह (लिभरपुल) ४४ अंक – २२ गोल

१०. ह्यारी केन (टोटेनहम) ४४ अंक –२२ गोल

९. करिम बेन्जेमा (रियल म्याड्रिड) ४४ अंक –२२ गोल

८. रोमेलु लुकाकु (इन्टर मिलान) ४६ अंक – २३ गोल

७. जेरार्ड मोरेनो (भिल्लारियल) ४६ अंक –२३ गोल

६. एर्लिङ ब्राउट हालान्ड (डर्टमुन्ड) ५० अंक – २५ गोल

५. केलियन एमबाप्पे (पीएसजी) ५२ अंक – २६ गोल

४. आन्द्रे सिल्भा (फ्रान्कफुर्ट) ५४ अंक –२७ गोल

३ क्रिस्टियानो रोनाल्डो (युभेन्टस) ५८ अंक – २९ गोल

२. लियोनेल मेस्सी (बार्सिलोना) ६० अंक – ३० गोल

१. रोबर्ट लेवान्डोस्की (बायर्न म्युनिख) ८० अंक – ४० गोल

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.