default_image

5 years ago

May 19, 2021

बेन्जेमा ६ वर्षपछि फ्रान्सेली टोलीमा

229 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले ६ वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा पूनरागमन गरेका छन् ।

फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्सले अर्काे महिनाबाट शुरु हुने युरोकपको लागि २६ सदस्यीय टोलीको घोषणा गर्दा बेन्जेमालाई ६ वर्षपछि टोलीमा समावेश गरेको हो ।

२०१५ मा आफ्नै सहकर्मी माथिए बल्बुएनको यौन भिडियो बनाएर ‘ब्लयाकमेल’ गरेको आरोप लागेपछि उनलाई टोलीबाट निष्काशन गरिएको थियो । त्यसपछि उनी २०१५ अक्टोवरयता फ्रान्सको टोली बाहिर रहेका थिए । उनले आफुमाथि लागेको आरोप झुटो रहेको बताउँदै आएका थिए । यो अवधिमा बेन्जेमाले घरमै आयोजना भएको युरोकप २०१६ र फ्रान्स २०१८ मा विश्वकप च्याम्पियन बन्दाको खेल गुमाएका थिए ।

फ्रान्सको राष्ट्रिय टोलीमा पूनरागमन गरेसँगै बेन्जेमाले फ्रान्समा फर्किन पाएकोमा गर्व महसुस भएको बताएका छन् । ‘फ्रान्समा फर्किन पाएकोमा ठुलो गर्व छ र उनीहरुले ममाथि राखेको विश्वास’ बेन्जेमाले सामाजिक सन्जालमा पोस्ट गरे, ‘मेरो परिवार, मेरो क्लब, मेरो साथीहरु र तपाईहरु जसले मलाई समर्थन गर्नुभयो र मलाई हौसला दिइरहनु भयो सबैलाई धन्यवाद ।’

बेन्जेमाले प्रशिक्षक डेसच्याम्पसँग उनीहरुको मतभेद सुल्झाउन भेट गरेका थिए । त्यसपछि प्रशिक्षक डेसच्याम्पले उनलाई टोलीमा फर्काउने निर्णय गरेका थिए । यौन काण्डपछि ८ अक्टोवर २०१५ मा अर्मेनियाविरुद्धको ४–० को जित निकालेको खेल बेन्जेमाको लागि फ्रान्सका लागि अन्तिम खेल बनेको थियो । उनले उक्त खेलमा २ गोल गरेका थिए ।

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले २०१८ मा क्लब छाडेपछि ३३ वर्षीय बेन्जेमा रियलका लागि मुख्य खेलाडी रहँदै आएका छन् । फ्रान्स बाहिर खेल्ने उत्कृष्ट फ्रान्सेली फरवार्ड बनेका बेन्जेमाले यो सिजन रियलका लागि ४४ खेलमा २९ गोल गरिसकेका छन् । सोही कारण पनि प्रशिक्षक डेसच्याम्पले उनलाई टोलीमा समेट्न पर्ने दवाव बढेको थियो ।

विगत ६ वर्षको विभिन्न उतारचढावका बावजुत फ्रान्सेली फुटबल महासंघका अध्यक्ष नोएल ले ग्रेटेले पनि उनलाई टोलीमा समेट्ने प्रयास गरेको थियो । टोली गोलको लागि संघर्ष गरिरहेको अवस्थामा बेन्जेमाको उत्कृष्ट लयका कारण पनि उनलाई वेवास्ता गर्न सकेका थिएनन् । २००७ देखि राष्ट्रिय टोलीमा रहेका बेन्जेमाले ८१ खेलमा २७ गोल गरेका छन् ।

फ्रान्स रहेको समूह ‘एफ’ मा जर्मनी, हंगेरी र पोर्चुगल रहेका छन् । १५ जुनमा फ्रान्सले जर्मनीसँग खेल्दै युरोकपको सुरुवात गर्नेछ । त्यसपछि १९ जुनमा हंगेरी तथा २३ जुनमा पोर्चुगलसँग खेल्नेछ । त्यसअघि फ्रान्सले २ जुनमा वेल्स र ८ जुनमा बुल्गेरियासँग मैत्रीपुर्ण खेल खेल्दैछ ।

फ्रान्सको टोली
गोलरक्षक –
ह्युगो लोरिस (टोटेनहम), स्टिभ मान्डान्डा (मार्से) र मिग मेइगनान (लिल)
डिफेन्डर – लियो डुवोइस (लियोन), बेन्जामिन पाभार्ड (बायर्न), कुर्ट जोउमा (चेल्सी), राफयल भरान (रियल म्याड्रिड), क्लेमेन्ट लेङ्लेट (बार्सिलोना), प्रेसनेल किमपम्वे (पीएसजी), लुकास डिग्ने (एभटएन), लुकास हर्नान्डेज (बायर्न) र जुलेस कुन्डे (सेभिया)
मिडफिल्डर – कोरिन्टन टोलिसो (बायर्न), एङ्गोलो कान्टे (चेल्सी), पल पोग्वा (म्यानचेस्टर युनाइटेड), एड्रियन राबिओट (युभेन्टस), मौसा सिसाको (टोटेनहम)
फरवार्ड – करिम बेन्जेमा (रियल म्याड्रिड), ओलिभर जिरुउड (चेल्सी), केलियन एमबाप्पे (पीएसजी), विसाम विन यडर (मोनाको), किङ्सले कोमान (बायर्न), औसमाने डेम्वेले (बार्सिलोना), एन्टोइन ग्रिजमन (बार्सिलोना), थोमस लेमार (एट्लेटिको म्याड्रिड) र मार्कुस थुराम (बोरुसिया मोन्चेनग्लाडवाक)

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.