default_image

3 years ago

May 20, 2021

म्याड्रिडमा मेस्सी र सुआरेजको भेट

एजेन्सी – भौतिक दूरीले मित्रतामा फरक पर्दैन भन्ने विश्व फुटबलका दुई स्टारको भेटघाटबाट प्रष्ट हुन्छ । बार्सिलोनाका लिओनल मेस्सी र एट्लेटिको म्याड्रिडका लुइस सुआरेजले स्पेनिस राजधानी म्याड्रिडमा मंगलबार भेटघाट गर्दै सँगै खाना खाएका छन् । सुआरेज सिजनको सुरुवातमा बार्सिलोना छाडेर एट्लेटिको पुगेका थिए । सुआरेजसहितको उच्च प्रदर्शनबाट प्रेरित एट्लेटिको ला लिगा उपाधि नजिक छ । […]

38 views

0 Bookmark

एजेन्सी – भौतिक दूरीले मित्रतामा फरक पर्दैन भन्ने विश्व फुटबलका दुई स्टारको भेटघाटबाट प्रष्ट हुन्छ । बार्सिलोनाका लिओनल मेस्सी र एट्लेटिको म्याड्रिडका लुइस सुआरेजले स्पेनिस राजधानी म्याड्रिडमा मंगलबार भेटघाट गर्दै सँगै खाना खाएका छन् ।

सुआरेज सिजनको सुरुवातमा बार्सिलोना छाडेर एट्लेटिको पुगेका थिए । सुआरेजसहितको उच्च प्रदर्शनबाट प्रेरित एट्लेटिको ला लिगा उपाधि नजिक छ । यसै साता सुआरेजले अन्तिम समयमा गोल गर्दा एटलेटिकोले ओसासुनामाथि रोमान्चक जित दर्ता गरेको थियो । दोस्रो स्थानको रियल म्याड्रिडको तुलानामा एट्लेटिकोको उपाधि जित्ने सम्भावना बढी देखिन्छ ।

बार्सिलोना भने पछिल्लो खेलको हारपछि उपाधि दौडबाट बाहिरिएको छ । मेस्सी र सुआरेजबीच उपाधिका विषयमा पनि सामान्य छलफल भएको विश्वास गरिएको छ । मेस्सीले पनि एट्लेटिकोले उपाधि जित्ने आशा राखेको बताएको अनुमान गरिएको छ ।

दिर्घकालिन सम्बन्ध

सुआरेज बार्सिलोनामा हुँदा मैदान बाहिर जस्तै मैदान भित्र पनि मेस्सीसँग उनको तालमेल राम्रो थियो । उनीहरुको प्रदर्शनबाट प्रेरित बार्सिलोनाले सन् २०१५ मा च्याम्पियन्स लिग उपाधि जितेको थियो । अल्भारो मोराटालाई युभेन्ट्स पठाउँदै एट्लेटिकोले सुआरेजलाई भित्राउँदै जोखिम उठाएको थियो ।

सुआरेज पछिल्लो एक दशक यताका उत्कृष्ट फरवार्ड मध्येका एक हुन् । रोनाल्ड कोम्यानलाई बार्सिलोनाले प्रशिक्षक बनाएपछि उनले सुआरेजलाई क्लब छाड्न बाध्य जस्तै पारेका थिए । सुआरेजले एट्लेटिकोका लागि यो सिजन ला लिगामा मात्र २० गोल गरिसकेका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.