default_image

3 years ago

May 20, 2021

हालान्ड अनुबन्धको दौडबाट बार्सिलोनाले हात झिक्यो

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमुन्डका नर्वेजियन युवा स्टार एर्लिङ ब्राउट हालान्ड अनुबन्धको दौडबाट हात झिकेको छ । पछिल्लो समय बार्सिलोनाले हालान्डलाई अनुबन्ध गर्ने दौडधुप सुरु गरेको थियो । तर आर्थिक समस्या र कप्तान लियोनेल मेस्सीलाई क्लबमै राख्नुपर्ने दवावका कारण बार्सिलोनाले युवा स्टार हालान्ड अनुबन्धको दौडबाट हात झिकेको बुझिएको छ । हालान्डका […]

50 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमुन्डका नर्वेजियन युवा स्टार एर्लिङ ब्राउट हालान्ड अनुबन्धको दौडबाट हात झिकेको छ ।

पछिल्लो समय बार्सिलोनाले हालान्डलाई अनुबन्ध गर्ने दौडधुप सुरु गरेको थियो । तर आर्थिक समस्या र कप्तान लियोनेल मेस्सीलाई क्लबमै राख्नुपर्ने दवावका कारण बार्सिलोनाले युवा स्टार हालान्ड अनुबन्धको दौडबाट हात झिकेको बुझिएको छ ।

हालान्डका एजेन्ट मिनो राइओला र उनका बुवा अल्फी–इन्जेले गत अप्रिलमा हालान्डको सम्भापवत स्थानान्तरणबारे बार्सिलोनाका पदाधिकारीसँग भेट गरेका थिए । उनको मुल्यपछि बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले यो कदम सम्भव नहुने बताएका थिए ।

हालान्ड अनुबन्धको लागि कम्तीमा पनि १५० मिलियन युरो आवश्यकता पर्दछ । त्यसपछि उनको पारिश्रमिक पनि पुरा गर्नुपर्ने हुन्छ । यसका साथै मेस्सीलाई पनि क्लबमै राख्नुपर्ने दवाव छ । अर्थात बार्सिलोनाको अहिलेको प्राथमिकता मेस्सीलाई क्लबमै राख्नु रहेको छ ।

त्यसो हुनका लागि बार्सिलोनाले जेरार्ड पिके, सर्जियो बुस्क्वेट्स, सर्जी रोबर्टाे, जोेर्डी अल्वा र एन्टोइन ग्रिजमनजस्ता प्रभावशाली खेलाडीहरु बेच्नुपर्ने हुन्छ । बार्सिलोनाले यो सिजन हालान्डलाई अनुबन्ध गर्न नसकेपनि अर्काे सिजन पनि प्रयास गर्न सक्नेछ । यस सिजनका लागि भने बार्सिलोनाले फ्री ट्रान्सफरमा सर्जियो अगुएरोलाई भित्र्याउने सम्भावना रहेको छ ।

बार्सिलोना अझै पनि हालान्डलाई नोउक्याम्पमा ल्याउन चहान्छ । र आशा छ कि उनी अर्काे वर्ष डर्टमुन्डमै रहनेछन् । यदि यसो हुन सकेको अवस्थामा उनको रिलिज क्लज ७५ मिलियन युरोमा झर्नेछ । उनलाई अनुबन्ध गर्न सहज हुनेछ । डर्टमुन्डले अर्काे सिजनको लागि च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरिसकेका कारण पनि क्लबले उनलाई राख्न हरसम्भव प्रयास गर्नेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.