default_image

5 years ago

May 19, 2021

मुलर र हमेल्सलाई समेट्दै जर्मनीको युरो टोली घोषणा

144 views

0 Bookmark

एजेन्सी – मिडफिल्डर थोमस मुलर र डिफेन्डर म्याट हमेल्सले दुई वर्षपछि जर्मनीको राष्ट्रिय टोलीमा पूनरागमन गरेका छन् ।

प्रशिक्षक जोचिम लोले आसन्न युरोकपको लागि २६ सदस्यीय टोलीको घोषणा गर्दा उनीहरुले दुई वर्षपछि टोलीमा स्थान बनाएका हुन् । प्रशिक्षक लोले नयाँ पुस्तालाई अवसर दिने भन्दै २०१९ मा यि दुई खेलाडीलाई टोली बाहिर राखेका थिए । तर, उनीहरुले क्लब स्तरमा लगातार उच्च प्रदर्शन गरेपछि लो युटर्न भएका हुन् । हमेल्स र मुलरले २०१६ देखि २०१९ सम्म बायर्न म्युनिखबाट सँगै खेलेका थिए ।

‘म साँच्चिकै खुशी छु । जर्मनीबाट पुनः खेल्न पाँउदा गर्व गर्छु,’ टोलीमा स्थान बनाएपछि हमेल्सले प्रतिक्रिया दिएका छन् । यस्तै मुलरले ‘ब्याक अगेन’ लेख्दै पुनरागमन गर्न पाउँदा खुसी व्यक्त गरेका छन् ।

२०१० देखि जर्मनीको राष्ट्रिय टोलीमा रहेका मुलरले १०० क्याप जित्दा ३८ गोल गरेका छन् । यस्तै हमेल्सले जर्मनीका लागि ७० खेल खेल्दा ५ गोल गरेका छन् । यि दुवै खेलाडी जर्मनीले २०१४ मा विश्वकप जित्दा टोलीका मुख्य सदस्य रहेका थिए । आगमी ११ जुनबाट शुरु हुने युरोकप युरोपका विभिन्न ११ शहरमा ११ जुनसम्म हुनेछ ।

जर्मनी टोली :

गोलरक्षक – बर्न्ड लेनो, म्यानुयल नुएर र केभिन ट्रयाप

डिफेन्डर – म्याथियस जिन्टर, रोविन गोसिन्स, क्रिस्टियन गन्टर, मार्सेल होल्सटेनबर्ग, म्याट हमेल्स, लुकास क्लोस्टरमान, रोविन कोच, एन्टोनियो रुडिगर र निकलस सुल

मिडफिल्डर र फरवार्ड – इम्री क्यान, सर्ज जिनाब्री, लियोन गोरेट्जका, इल्केए गुन्डोगान, काई हाभर्टज, जोनास होफमन, योसुवा किम्मिख, टोनी क्रुस, थोमस मुलर, जमाल मुसिएला, फ्लोरिएन नेउहस, लिरोए साने, टिमो वेर्नर र केभिन भोलान्ड

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.