default_image

3 years ago

May 22, 2021

लेवान्डोस्कीको कीर्तिमानी गोलमा च्याम्पियन बायर्नको जित

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको कीर्तिमानी गोल मद्दतमा यो सिजनको जर्मन बुन्डेसलिगा च्याम्पियन बनिसकेको बायर्न म्युनिखले सुखद अन्त्य गरेको छ । लगातार नवौंपटक च्याम्पियन बनेको बायर्नले शनिबार राति घरेलु मैदानमा भएको खेलमा अग्सवर्गलाई ५–२ ले पराजित गर्दै सिजनको सुखद अन्त्य गरेको हो । एलिएन्ज एरिनामा बायर्नको जितमा सर्ज जिनाब्री, योसुवा किम्मिख, किङ्सले कोमान र […]

87 views

0 Bookmark

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको कीर्तिमानी गोल मद्दतमा यो सिजनको जर्मन बुन्डेसलिगा च्याम्पियन बनिसकेको बायर्न म्युनिखले सुखद अन्त्य गरेको छ ।

लगातार नवौंपटक च्याम्पियन बनेको बायर्नले शनिबार राति घरेलु मैदानमा भएको खेलमा अग्सवर्गलाई ५–२ ले पराजित गर्दै सिजनको सुखद अन्त्य गरेको हो । एलिएन्ज एरिनामा बायर्नको जितमा सर्ज जिनाब्री, योसुवा किम्मिख, किङ्सले कोमान र रोबर्ट लेवान्डोस्कीले गोल गर्दा एक गोल उपहार पाएको थियो । अग्सवर्गका आन्द्रे हान र फ्लोरियन नाइडरलेचनरले गोल फर्काए ।

अग्सवर्गविरुद्ध एक गोल गरेका लेवान्डोस्कीले एकै सिजनमा बायर्नमा सबैभन्दा बढी गोल गर्ने कीर्तिमान राखेका छन् । उनले ४७ वर्षअघि अर्थात सन् १९७१–७२ मा गर्ड मुलरले एकै सिजनमा राखेको ४० गोलको कीर्तिमान भंग गरेका हुन् । उनले यो सिजन बुन्डेस लिगामा २९ खेलमा ४१ गोल र ७ असिस्ट दिए ।

खेलको नवौं मिनेटमा आत्मघाती गोलबाट अघि बढेको बायर्नले पहिलो हाफमै ४–० को आरामदायी अग्रता लिदै जिततर्फ अघि बढेको थियो । जेफ्रेले आत्मघाती गोल गर्दा बायर्नले १–० को अग्रता लियो । २३औं मिनेटमा सर्ज जिनाब्रीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । २६औं मिनेटमा अग्सवर्गले अग्रता कम गर्ने अवसर पाएपनि ड्यानियल कालिगुइरी पेनाल्टीमा चुके ।

३३औं मिनेटमा योसुवा किम्मिखले किङ्सले कोमानको पासमा गोल गर्दै बायर्नलाई ३–० ले अघि बढाए । ४३औं मिनेटमा डेभिड अलवाको पासमा किङ्सले कोमानले गोल गर्दै बायर्न फराकिलो जिततर्फ अघि बढाए ।

६७औं मिनेटमा आन्द्रे हानले लासज्लो विनेसको पासमा गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए । ७२औं मिनेटमा आन्द्रे हानकै पासमा फ्लोरियन नाइडरलेचनरले गोल गर्दै खेललाई ४–३ को स्थितिमा ल्याए । ९०औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ५–२ को फराकिलो जित दिलाए ।

यो जितपछि बायर्नले ३४ खेलबाट ७८ अंक जोड्यो । बायर्नले दोस्रो स्थानको आरबी लाइप्जिगलाई १२ अंकले पछि पा¥यो । पराजित अग्सवर्गले ३६ अंक जोडेर १४औं स्थानमा लिगको अन्त्य गरेको छ ।

यही खेलबाट बायर्नले मुख्य प्रशिक्षक हान्सी फ्लिक, सहायक प्रशिक्षक हर्मन जरल्यान्ड र मिरोस्लाभ क्लोजसँगै खेलाडीत्रय डेभिड अलवा, जेरोमी बोएटिङ र जाभी मार्टिनेजलाई सुखद बिदाई गरेको छ । प्रशिक्षक फ्लिकले जर्मनीको राष्ट्रिय टोली सम्हाल्ने सम्भावना छ । उनको स्थान युवा प्रशिक्षक जुलियन नागेल्समानले लिनेछन् । डेभिड अलवा स्पेनिस क्लब रियल म्याड्रिड आउने तय छ । अन्य दुई खेलाडीले हालसम्म कुनै क्लब रोजेका छैनन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.