default_image

5 years ago

May 25, 2021

युरोका लागि इंग्ल्यान्डको प्रारम्भिक टोली घोषणा

159 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले अर्को महिना सुरु हुने युरोपेली च्याम्पियनसिपका लागि ३३ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् ।

साउथगेटले ४ नयाँ खेलाडी समेट्दै प्रारम्भिक टोली घोषणा गरेका हुन् । गोलरक्षकद्वय साम जोन्सटन र आरोन राम्सडेलसँगै डिफेन्डरद्वय बेन व्हाइट र बेन गडफ्रे टोलीमा पहिलो पटक परेका हुन् । प्रिमियर लिगमा उच्च प्रदर्शन गरेका लिड्स युनाइटेडका फरवार्ड प्याट्रिक बामफर्डले भने टोलीमा स्थान बनाउन सकेनन् ।

साउथगेटले अब एक साता प्रशिक्षणपछि अर्को मंगलबार २६ सदस्यीय अन्तिम टोली घोषणा गर्नेछन् । अर्को बुधबार इंग्ल्यान्डले वार्म अप खेलमा अष्ट्रियाको सामना गर्दैछ । त्यसपछि ६ जुनमा टोलीले रोमानियाको सामना गर्नेछ ।

इंग्ल्यान्ड युरोको समूह डी मा रहेको छ । इंग्ल्यान्डको समूहमा क्रोएसिया, स्कटल्यान्ड र चेक गणतन्त्र रहेका छन् । इंग्ल्यान्डले पहिलो खेल १३ जुनमा क्रोएसियाविरुद्ध खेल्नेछ ।

३३ सदस्यीय प्रारम्भिक टोली :

गोलरक्षक : डीन हेन्डरसन, साम जोन्सटन, जोर्डन पिकफर्ड, आरोन राम्सडेल

डिफेन्डर : ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, बेन चिल्वेल, कनर कोडी, बेन गडफ्रे, रिस जेम्स, ह्यारी मगाएर, टाइरन मिन्ज्स, लुक शा, जोन स्टोन्स, काइरान ट्रीपिएर, काइल वाल्कर, बेन व्हाइट

मिडफिल्डर : जुड बेलिंघम, फिल फोडेन, ज्याक ग्रिलिस, जोर्डन हेन्डरसन, जेसे लिंगार्ड, मेसन माउन्ट, काल्भिन फिलिप्स, डेक्लन राइस, बुकायो साका, जेडन सान्चो, जेम्स वार्ड प्राउज

फरवार्ड : डोमिनिक काल्भर्ट लेविन, मेसन ग्रिनवुड, ह्यारी केन, मार्कस रासफर्ड, रहिम स्टर्लिङ, ओली वाटकिन्स

यो पनि : युरो कपको खेल तालिका नेपाली समयअनुसार

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.