default_image

5 years ago

May 26, 2021

विराटनगरका प्रशिक्षक यानलाई १ सिजन प्रतिबन्ध

184 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सुपर लिग (एनएसएल) का दौरान खेल भावना विपरित व्यवहार गरेको र अनुशासन तोडेको कारण विराटनगर सिटी एफसीका भारतीय प्रशिक्षक यान लसहितसहित ४ जना कारवाहीमा परेका छन् ।

एनएसएलको आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टले ललितपुर सिटी एफसीविरुद्धको खेलमा रेफ्रिको निर्णयमा असहमत रहेको वहानामा खेल नै अवरुद्ध गरेको आरोपमा विराटनगर र त्यसका जिम्मेवारी व्यक्तिहरुलाई कारवाही गरेको हो । जसमा विराटनगरलाई १ लाख रुपैयाँ जरिवाना गरेको छ ।

टोलीका प्रशिक्षक ललाई एनएसएलको अर्को सिजनमा प्रतिबन्ध लगाउने र ५० हजार रुपैयाँ जरिवाना गरेको छ । विराटनगरलाई खेल भावनाविरुद्ध व्यवहार गर्दै खेलाडीलाई मैदान छाड्ने प्रोत्साहन गरेको ठहर गरेको छ । त्यस्तै ललाई पनि खेलाडीलाई मैदान छाड्न लगाउने मुख्य व्यक्तिका रुपमा लिइएको छ । उनले टचलाइन नाघ्नुका साथै पटक पटक अफिसियललाई अपशब्द र गालीगलौज गरेको म्यानेजमेन्टद्वारा बुधबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

खेलाडीलाई मैदान छाड्न उक्साएको र अनुशासन तोडेको भन्दै विराटनगरका टेक्निकल डाइरेक्टर सोनम घले, सहायक प्रशिक्षक निशान श्रेष्ठ र सहायक व्यवस्थापक मिलन गुरुङलाई आगामी सिजन एनएसएलको ३ खेलमा प्रतिबन्ध लगाएको छ । त्यसबाहेक आवश्यक देखिएमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले थप कारवाही गर्न सक्ने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

दशरथ रंगशालामा वैशाख २५ गते भएको पहिलो खेलमा ललितपुरले विराटनगरलाई ४–० ले पराजित गरेको थियो । त्यहि खेलका दौरान विराटनगरले रेफ्रीको निर्णयप्रति असन्तुष्टी जनाउँदै ७ मिनेट मैदान छाडेको थियो । दुवै टोलीका लागि प्लेअफमा पुग्नका लागि त्यो खेल जित्नै पर्ने अवस्था थियो । खेलको ६२ औं मिनेटमा लतिलपुरका विमल रानाले टोलीका लागि दोस्रो गोल गरेपछि विराटनगरले खेलाडीलाई मैदान छाड्न लगाएको थियो ।

त्यसबेला स्पेनिस फरवार्ड पेड्रो मान्जी बाहेक सबै खेलाडीले मैदान छाडेका थिए । प्रशिक्षक लसहित अफिसियलहरूले खेलाडीलाई मैदान छाड्न लगाएका थिए । एन्फा र आयोजक अधिकारीको आग्रहपछि मात्रै खेलाडी मैदान प्रवेश गरेका थिए । त्यसपछि ललितपुरले २ गोल थपेको थियो । विजय धिमालले दोहोरो पहेंलो कार्ड पाउँदै मैदान छाडेपछि विराटनगरले अन्तिम ५ मिनेट १० खेलाडीमा खेलेको थियो ।

विराटनगरको उक्त व्यवहारले पूर्वको फुटबल संस्कारमै धक्का लागेको महसुस भएको थियो ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.