default_image

3 years ago

May 27, 2021

एनएसएलको सफलतासँगै निरन्तरतामा प्रश्न

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं घरेलु फुटबल अप्रत्यासित र अस्थिर छ । फुटबलको आउने दिन कसरी अघि बढ्छ कसैले यकिन साथ भन्न सक्दैन । अस्थिर हुनुका थुप्रै कारण हुन सक्छन् । न त त्यसको गहिरो अध्ययन भएको छ न विश्लेषण । सरसर्ती हेर्दा अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र आन्तरिक द्वन्द्वले घरेलु फुटबलको क्यालेन्डर पूरै […]

78 views

0 Bookmark

फेयर प्ले

प्रकाश तिमल्सिना, काठमाडौं

घरेलु फुटबल अप्रत्यासित र अस्थिर छ । फुटबलको आउने दिन कसरी अघि बढ्छ कसैले यकिन साथ भन्न सक्दैन । अस्थिर हुनुका थुप्रै कारण हुन सक्छन् । न त त्यसको गहिरो अध्ययन भएको छ न विश्लेषण ।

सरसर्ती हेर्दा अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र आन्तरिक द्वन्द्वले घरेलु फुटबलको क्यालेन्डर पूरै प्रभावित भएको थुप्रै उदाहारण छ । एन्फा र क्लबबीचको विवाद, एन्फाको आन्तरिक विवादले पनि फुटबल गतिविधि ठप्प भएका घटना हाम्रा सामू छन् ।

देशको फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ए डिभिजन लिग विगतमा पटक पटक र वर्षाै रोकिएको दृष्टान्त छ । एक वर्ष आयोजना भयो भने अर्को वर्ष हुन्छ हुँदै कसैले ढुक्क साथ भन्ने अवस्था थिएन, छैन । नकआउट प्रतियोगिताको आयोजनाको त झन् कुनै टुंगो हुँदैन । विगतमा एन्फाले आयोजना गर्ने गरेको नकआउट प्रतियोगिताको अहिले नाम निशाना पनि छैनन् । एनसेल कप, खुकरी कप, ब्रिटिश गोर्खा कप त्यसका केहि उदाहरण हुन् ।

त्यति मात्र होइन डेढ दशक अघिको अवस्थालाई सम्झने हो भने फुटबल संघ नै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा २ वटा दर्ता थिए । एन्फा र नेपाल फुटबल संघका नाममा । पछि ती दुई संघको विवाद समाधान हुँदा १८ टोलीबीच ए डिभिजन लिग भएको पनि इतिहास छ । अर्कोतर्फ एन्फाले आयोजना गर्ने फुटबलमा पनि एकरुपता छैन ।

२०७५ सालमा रेलिगेसन बिनाको ए डिभिजन लिगको उपाधि जितेको मनाङ मर्स्याङ्दी क्लब

तीन वर्षअघि कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा निर्वाचित एन्फाले पहिलो पटक लिग आयोजना गर्दा विना रेलिगसन आयोजना गर्यो। जसको चौतर्फी आलोचना भएको थियो । घरेलु फुटबलमै विना रेलिगसनेको त्यो पहिलो अभ्यास थियो । घटुवा नहुने लिग पनि नेपालमा अभ्यास भयो । त्यसअघि पनि ए डिभिजन लिगमा थुप्रै भएका थिए । ए डिभिजन लिग नै सुपर सिक्स, सुपर एट, राष्ट्रिय लिग अनेक नाममा प्रयोगका रुपमा आयोजना भए । त्यसैले लिगले न एकरुपता पाउन सक्यो न स्थिरता ।

झन् पछिल्लो डेढ दुई वर्ष त कोरोनाका कारण फुटबललगायत सबै खेललाई अनिश्चित र अस्थिरता तर्फ धकेलिदिएको छ । एन्फाको आन्तरिक राजनीतिबाट केहि अलग नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाईज लिग पहिलो पटक सम्पन्न भएको पनि दुई साता पुग्न लागिसकेको छ । केहि कमजोरीलाई छाड्ने हो भने एनएसएलले घरेलु फुटबलमा सकारात्मक सन्देश प्रभाव गरेको छ । एउटा परम्परागत ढाँचामा चल्दै आएको घरलु फुटबलमा व्यवसायिकता र व्यवस्थापनको फरक पक्ष उजागर भएको छ ।

साच्चै भन्ने हो यसरी पनि फुटबल हुन सक्छ भन्ने उदाहरण दिन एनएसएल सफल भएको छ । हुन त एनएसएल पनि एन्फाकै प्राविधिक सहयोगमा सञ्चालन भएको हो । दुई वर्ष अघि नेपाल स्पोर्टस् एण्ड म्यानेजमेन्ट ले एनएसएलको घोषणा गर्दा धेरैलाई विश्वास लागेको थिएन । बीचमा एनएसएसको चर्चा पनि हुन छाडेपछि धेरैलाई त्यो घोषणा हावादारी लाग्न थालेको थियो ।

एनएसएल ढिला आयो, तर दमदार आयो । व्यापारिक क्षेत्रमा स्थापित चौधरी ग्रुपकै अर्को एउटा भगनी संस्थाका रुपमा स्थापित भएकै कारण पनि नेपाल स्पोर्टस एण्ड म्यानेजमेन्टमाथि एक खाले भरोसा थियो । त्यो भरोसालाई आयोजकले टुट्न दिएन । सुरुमा घोषणा गरे जस्तो काठमाडौं बाहिर जान नसकेपनि काठमाडौंमा व्यस्त तालिकाका बीच एनएसएल आयोजनाको घोषणा भयो ।

अन्य व्यापारिक घराना र समूहका साथ ७ फ्रेन्चाईज टोली जुटाउन एनएसएल सफल भयो । क्रिकेटमा अभ्यास भइसकेपछि फुटबलमा पहिलो पटक एनएसएलकै लागि खेलाडीको अक्सन भयो । प्रायोजकका रुपमा कर्पोरेट हाउसहरु फुटबलमा यसअघि आबद्ध भएपनि आफै टोली निर्माण गर्ने अभ्यास घरेलु फुटबलमा पहिलो थियो । टोलीको घोषणा, मार्की खेलाडी, प्रशिक्षकको चयन, अक्सनले विस्तारै फुटबल समर्थकमा चासो पैदा गरेको एनएसएलले सुरु भएपछि विस्तारै विश्वास आर्जन गर्दै गयो ।

विगतमा आयोजना भएकै फुटबल जस्तो अर्को एउटा फुटबल होला भन्ने अनुमानलाई एनएसएलले चिर्दै लग्यो । आन्तरिक व्यवस्थापन हेर्दा अभ्यासमा रहेको भन्दा फरक व्यावसायिकता झल्कन्थ्यो । विश्व कप छनोटका लागि तयार पारिएको दशरथ रंगशालाको मैदान र फ्लड लाइटले गर्दा कुनै विदेशी भूमिको रंगशालामा फुटबल हरेको अनुभव एनएसएलले दिन्थ्यो । अर्को विगतमा भन्दा केहि फरक रुपमा भएको प्रत्यक्ष प्रसारणले पनि एनएसएलको आयोजनालाई थप सफल बनाएको थियो ।

वैशाख ११ गते सुरु भएको एनएसएल दुई दिनपछि नै बन्द हुने अवस्थामा थियो । कारण कोरानोको दोस्रो लहरका कारण वैशाख १३ गतेबाट निषेधाज्ञा जारी भएको थियो । तर, राखेपलाई अनुरोध गर्दै सरकारबाट विना दर्शक एनएसएल चलाउन स्वीकृती पाएपछि एनएसएल पहिलो गाँसमै ढुंगा हुनबाट जोगिएको थियो । स्वास्थ्य मातदण्डलाई सकेसम्म पालना गराउनका लागि पनि आयोजकले आफ्नोतर्फबाट पूरा प्रयास गरेको देखिन्थ्यो ।

समग्रतामा भन्ने हो भने यसपटक एनएसएल आयोजनाले घरेलु फुटबललाई अर्को स्तरमा पुर्याएको आभास दिन सफल भएको छ । रेफ्रीका निर्णय केहि विवादित बनेपनि अफ्रिकन खेलाडीको मात्र बाहुल्यता रहने घरेलु फुटबलमा युरोपियन खेलाडीको पनि सहभागिता देखियो । विदेशी प्रशिक्षकको पनि नेपाली फुटबलमा चासो रहने संकेत गरेको छ । त्यस्तै नेपाली खेलाडी पनि विदेशी खेलाडीकै बराबरीमा प्रदर्शन गर्ने क्षमता रहेको सिद्ध भएको छ ।

आधिकारिक रुपमा खर्च बारेमा प्रष्ट नपारिएपनि एनएसएलका लागि मात्रै १० देखि १२ करोड खर्च भएको अनुमान आयोजकले गरेको छ । एउटा टोलीले मात्र एक करोड बढी खर्च गरेको बताइएको छ । घरेलु फुटबलमा यसअघि कहिल्यै नपाएका सुविधा खेलाडीले पाएका छन् ।

त्यसले नयाँ खेलाडीलाई पनि भविष्यमा एनएसएल खेल्ने सपना पक्कै जगाएको छ । स्थापित खेलाडीले पनि अक्सनमा पर्नका लागि मेहनत गर्नुपर्ने यसपटकको प्रतिस्पर्धाबाट बुझिसकेका छन् । अन्य कर्पोरेट हाउसको पनि रुची बढेको छ । आयोजकले अर्को वर्षबाट काठमाडौं बाहिरका केहि शहरमा जाने र टोली बढाउने बताइसकेको छ ।

यसरी हेर्दा घरेलु फुटबलको व्यवासयिकता आउने दिनमा अझै बलियो र खेलाडीले पाउने सेवा, सुविधा र पारिश्रमिक बढ्ने देखिन्छ । त्यो नेपाली फुटबलका लागि सुखद संकेत हो । घर भित्र जति फुटबल गतिविधि र खेलाडीले अवसर प्राप्त गर्छन, अन्ततः त्यसले राष्ट्रिय टोली निर्माणमा सहयोग पुग्ने छ । अहिले विश्व कप छनोटमा यात्रामा निस्केको नेपाली टोलीको छनोटको आधार नै एनएसएल बनेको थियो । यहाँ सम्म आइपुग्दा एनएसएलको आलोचना कम तारिफ नै बढी गर्नुपर्छ ।

तर, अब ठूलो प्रश्न पनि यसको सफलतासँगै जोडिएको छ । के आउने वर्षहरुमा पनि एनएसएल आयोजना होला ? हुन त एन्फा र एनएसएल आयोजकबीच लामो सहकार्यको सम्झौता भएको छ । तथापी त्यतिले मात्रै घरेलु फुटबलमा विगतको सफलताको निरन्तरता हुन सक्ला ? एक वर्षपछि हुने एन्फा निर्वाचनबाट आउने नयाँ कार्यसमितिसँग पनि यस्तै सहकार्य अघि बढ्ला ? एन्फाका आन्तरिक समस्याले एनएसएललाई प्रभाव पार्ला नपार्ला थुप्रै आशंका योसँगै जोडिएर आउन सक्छन् । एन्फाकै सिमित व्यक्तिहरुलाई बाहेक एनएसएल मन नपरेको चर्चा पनि चल्न थालेको छ ।

पहिलो बलमै छक्का हान्न सफल एनएसएलको निरन्तरता कम्तीमा योसँग सम्बन्धित सबैले चाहेका छन् । दर्शकहरुले सामाजिक सञ्जालमा गरेको अधिकांश प्रतिक्रिया सकारात्मक छन् । अधिकांशको भनाई हर्ने हो भने एनएसएलको निरन्तरता जरुरी छ । त्यसले आयोजक पनि उत्साहित र अझै यसलाई सुधार गरेर लाने पक्षमा देखिएको छ । झन्डै ७ दशक भन्दा लामो ए डिभिजन लिगको तुलनामा एनएनएसल पहिलो आयोजनामै फरक छाप छाड्न सफल भएको छ । यसको आयोजनाले समग्रतामा घरेलु फुटबललाई हेर्ने दृष्टिकोणमा पनि फरक पार्ने संकेत देखिएको छ ।

हाम्रो देशमा जति उत्साहका साथ प्रतियोगिता आयोजना हुन्छन् त्यसको निरन्तरतामा त्यति नै निराशा देखिन्छ । कम्तीमा एनएसएल त्यसमा फरक हुन सकोस् । त्यसलाई सफल पार्नमा एन्फाको भूमिका पनि त्यति नै महत्वपूर्ण र निर्णायक रहन्छ । एनएसएल घरेलु फुटबलमा देखिएको अनिश्चितता र अस्थिरतालाई तोड्न सफल होस् ।

March 18, 2024

बहराइन जान खोज्ने पदाधिकारीको नाम राखेपबाट अस्वीकृत

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले राष्ट्रिय फुटबल टोलीसँग प्रत्यक्ष सरोकार राख्ने बाहेक अन्य पदाधिकारीलाई भने बहराइनको खेल हेर्न जानबाट रोक लगाएको छ । बहराइनमा हुने फिफा विश्व कप छनोट तथा एएफसी एसियन कप छनोट खेलका लागि एन्फाले फुटबल टोलीका साथ पदाधिकारी र अन्य गरि ४१ जनाको नाम बिहीबार स्वीकृतिका लागि राखेपमा […]

March 18, 2024

एट्लेटिकोलाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बार्सिलोना आइतबार एट्लेटिको मड्रिडलाई ३-०ले हराउँदै स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । खेलको ३८ औं मिनेटमा जोआओ फेलिक्सले गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । यो सिजन लिगमा उनको त्यो छैटौं गोल हो ।  दोस्रो हाफको दोस्रो मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर भएको थियो। ६५ औं मिनेटमा […]

March 18, 2024

लिभरपुलविरुद्ध रोमाञ्चक जित सहित म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा

एजेन्सी – चिर प्रतिद्वन्दी लिभरपुल माथि रोमाञ्चक जित दर्ता गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा लिभरपुललाई अतिरिक्त समयमा ४-३ को जित निकाल्दै युनाइटेड अन्तिम चारमा पुग्न सफल भएका हो । निर्धारित ९० मिनेट २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समय […]

Success

Thank you for your time.