default_image

3 years ago

May 30, 2021

चेल्सीलाई च्याम्पियन्स लिग उपाधि!

एजेन्सी – लन्डन क्लब चेल्सीले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गर्दै युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ । पहिलो हाफमा जर्मन मिडफिल्डर काइ हाभर्ट्जले गरेको गोलमा चेल्सीले सिटीलाई १-० ले हरायो । चेल्सीले सन् २०१२ पछि उपाधि जित्दै क्लब इतिहासमा च्याम्पियन्स लिग उपाधि संख्या दुई पुर्याएको छ । म्यानचेस्टर सिटी भने फाइनल पुगेको पहिलो […]

100 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब चेल्सीले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गर्दै युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ । पहिलो हाफमा जर्मन मिडफिल्डर काइ हाभर्ट्जले गरेको गोलमा चेल्सीले सिटीलाई १-० ले हरायो ।

चेल्सीले सन् २०१२ पछि उपाधि जित्दै क्लब इतिहासमा च्याम्पियन्स लिग उपाधि संख्या दुई पुर्याएको छ । म्यानचेस्टर सिटी भने फाइनल पुगेको पहिलो अवसरमा उपाधिबाट विमुख हुनु पर्यो । सिटीले अपेक्षित प्रदर्शन गर्न नसक्दा चेल्सीले पहिलो हाफमा गरेको गोलकै भरमा उपाधि जित्न सफल रहयो ।

चेल्सीले पहिलो हाफको अन्त्यतिर हाभर्ट्जको गोलमा अग्रता लिएको थियो । मेसन माउन्टले आफ्नै हाफबाट दिएको उत्कृष्ट थ्रु पासलाई हाभर्ट्जले गोलरक्षक एडरसन मोराएसलाई छलाउँदै गोल गरेका थिए । चेल्सीले दोस्रो हाफको ७३ औं मिनेटमा गोल गर्ने सुवर्ण अवसर खेर फालेको थियो । क्रिस्टियन पुलिसिचको प्रहार गोलरक्षक बिट भएपनि पोस्टको दिशा लिन सकेन ।

दोस्रो हाफमा मिडफिल्डर केभिन डे ब्रुएन चोट लागेपछि मैदान छाड्न बाध्य भए । डिफेन्डर एन्टोनियो रुडीगरसँग जुध्न पुग्दा उनको अनुहारमा चोट लागेको थियो । त्यसपछि सिटीले लगातार खेलाडी परिवर्तन गर्दै खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन ।

वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फरवार्ड सर्जियो अगुएरोले सिटीका लागि अन्तिम खेल हारका साथ अन्त्य गरे । चेल्सीले पनि पहिलो हाफमा नै अनुभवी डिफेन्डर थियागो सिल्भालाई चोटका कारण गुमाएको थियो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.