default_image

3 years ago

May 30, 2021

नेपाली फुटबल टोली आज कुवेत पुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – इराकसँग मैत्रीपूर्ण खेलपछि अब नेपाली फुटबल टोली विश्व कप छनोट २०२२ र एसिया कप छनोट २०२३ का बाँकी खेलका लागि आज कुवेत प्रस्थान गर्नेछ । इराकको स्थानिय समय अनुसार साँझ ६ बजे त्यहाँबाट स्थलमार्ग हुँदै कुवेततर्फ जाने बताइएको छ । व्यवस्थापक मधुसुदन उपाध्यायका अनुसार करिब २ घन्टाको बस यात्रापछि टोली होटल […]

52 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इराकसँग मैत्रीपूर्ण खेलपछि अब नेपाली फुटबल टोली विश्व कप छनोट २०२२ र एसिया कप छनोट २०२३ का बाँकी खेलका लागि आज कुवेत प्रस्थान गर्नेछ ।

इराकको स्थानिय समय अनुसार साँझ ६ बजे त्यहाँबाट स्थलमार्ग हुँदै कुवेततर्फ जाने बताइएको छ । व्यवस्थापक मधुसुदन उपाध्यायका अनुसार करिब २ घन्टाको बस यात्रापछि टोली होटल पुग्नेछ । शनिबार भएको इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ ले पराजित भएको थियो । पहिलो हाफमा एक समय अञ्जन विष्ट र मनीष डाँगीको गोलमा २–१ को अग्रता बनाएपनि पछि भने सम्हालिन सकेन । कुवेतमा नेपाली टोलीले विश्व कप छनोट र एसिया कप छनोटको बाँकी ३ खेल खेल्नेछ ।

नेपाली टोलीले जेठ २० गते चाइनिज ताइपेइ, जेठ २५ गते गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । कोरोना महामारीका कारण नेपालले दशरथ रंगशालामा खेल्नु पर्ने खेल न्यूट्रल भेन्यूका रुपमा कुवेत सारिएको थियो । सोही समूहमा रहेको कुवेतसँग भने नेपालले यसअघि नै खेलिसकेको छ ।

कुवेतसँग पहिलो खेलमा उसकै मैदानमा ७–० को हार बेहोरेको नेपालले भुटानमा भएको खेलमा १–० ले गुमाएको थियो । दशरथ रंगशाला पूर्न निर्माणको कार्य भइरहेको बेला न्यूट्रल भेन्यूका रुपमा नेपाल र कुवेतले भुटानमा खेलेका थिए । छनोटको अन्य अवे खेलमा चाइनिज ताइपेलाई अन्जन विष्टको २ गोलमा २–० ले हराएको नेपालले अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० को पराजय भोगेको थियो ।

नेपाल अहिले अंक तालिकामा ३ अंकका साथ चौथो स्थानमा छ । नेपालको ५ खेलमा १ जित र ४ खेलमा हार बेहोरेको थियो। अंक तालिको पुछारमा रहेको ताइपेइले अंक जोड्न सकेको छैन । अष्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ ।

अंक तालिकाको चौथो स्थानमा रहँदै छनोट चरण सकेको खण्डमा नेपालले एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ ।

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

April 29, 2024

मानेभन्ज्याङ आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोडधरान एफसीमाथि सहज जित निकाल्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुधबारेमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मानेभन्ज्याङले धरान एफसीमाथि सोमबार ५–१ गोलको नतिजामा जित हात पारेको हो । खेल सुरु भएको ५ मिनेटमै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो । मानेभन्ज्याङका करण राईले १८ यार्डको दूरीबाट प्रहार […]

April 29, 2024

मध्यपुर थिमि गोदावरी मेयर कपको क्वाटरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद )- मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्बार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशाला सोमबार भएको एक मात्र खेलमा टोखा नगरपालिकालाई ४–० ले हराउँदै मध्यपुर थिमिले अन्तिम आठमा पुगेको हो । मध्यपुरको जितमा रोहन खड्गीले ह्याट्रिक पूरा गरे भने […]

Success

Thank you for your time.