default_image

3 years ago

May 31, 2021

अगुएरो बार्सिलोनामा अनुबन्धित

एजेन्सी – अर्जेन्टिना तथा इंग्लिस क्लब म्यानचेस्टर सिटीका पूर्व फरवार्ड सर्जियो अगुएरो क्याटलान क्लब बार्सिलोनामा अनुबन्धित भएका छन् । बार्सिलोनाले फ्रि ट्रान्सफरमा ३२ वर्षीय अगुएरोलाई २ वर्षका लागि अनुबन्ध गरेको हो । सिटीका सर्वाधिक गोलकर्ता रहेका अगुएरोले गत मार्चमा नै इतिहाद स्टेडियम छाड्ने घोषणा गरेको थिए । बार्सिलोनाले उनको रिलिज क्लज १ सय मिलियन युरो तोकेको छ । अगुएरोले सिटीमा पाउँदै गरेको पारिश्रमिक घटाएर बार्सिलोनासँग सम्झौता गरेका हुन् । अगुएरोले […]

66 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिना तथा इंग्लिस क्लब म्यानचेस्टर सिटीका पूर्व फरवार्ड सर्जियो अगुएरो क्याटलान क्लब बार्सिलोनामा अनुबन्धित भएका छन् ।

बार्सिलोनाले फ्रि ट्रान्सफरमा ३२ वर्षीय अगुएरोलाई २ वर्षका लागि अनुबन्ध गरेको हो । सिटीका सर्वाधिक गोलकर्ता रहेका अगुएरोले गत मार्चमा नै इतिहाद स्टेडियम छाड्ने घोषणा गरेको थिए । बार्सिलोनाले उनको रिलिज क्लज १ सय मिलियन युरो तोकेको छ ।

अगुएरोले सिटीमा पाउँदै गरेको पारिश्रमिक घटाएर बार्सिलोनासँग सम्झौता गरेका हुन् । अगुएरोले सिटीमा वार्षिक १२ मिलियन पाउन्ड पारिश्रमिक लिंदै आएपनि बार्सिलोनामा भएको नयाँ सम्झौता अनुसार उनले वार्षिक ५ मिलियन पाउन्ड पाउने आँकलन गरिएको छ ।

ला लिगामा अगुएरोको यो दोस्रो यात्रा हुनेछ । यसअघि अगुइरो २०११ मा एट्लेटिको म्याड्रिड छाडेर सिटी पुगेका थिए । अगुएरोले सन २००६–०७ को सिजनमा अर्जेन्टिनी क्लब एट्लेटिको इन्डिपेन्डेन्टीबाट एट्लेटिको म्याड्रिड पुगेका थिए । एट्लेटिकोमा पाँच सिजन बिताएका अगुएरोले २३४ खेलमा १०२ गोल गरेका थिए ।

त्यसपछि अगुएरोले सिटीको जर्सीमा खेल्दै ५ पटक प्रिमियर लिग उपाधि जिते । सन् २०११/१२ सिजनको अन्तिम खेलको अन्तिम मिनेटमा गोल गर्दै अगुएरोले इतिहासमा आफ्नो नाम लेखाएका थिए । उनले क्विन्स पार्क रेन्जर्सविरुद्ध उक्त गोल गर्दै सिटीलाई पहिलो प्रिमियर लिग उपाधि दिलाएका थिए । उक्त गोलका कारण नै म्यानचेस्टर युनाइटेड उपाधिबाट विमुख भएको थियो ।

अगुएरोको आगमनसँगै बार्सिलोनाले आफ्नो टोलीका कप्तान मेस्सीले पनि बार्सिलोनामा सम्झौता नविकरण गर्ने आशा राखेका छन् । मेस्सीको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ । तर क्लबले भने मेस्सीसँग सम्झौता बढाउन छलफल भइरहेको जनाएको छ ।

April 30, 2024

भिसा नभएका कारण राष्ट्रिय फुटबल टोली बेलायत उड्न पाएन!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली भिसा नभएका कारण बेलायत भ्रमणका लागि उड्न पाएको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीलाई भव्य समारोहबीच बिदा गरेपनि टोली भिसा नभएको कारण उड्न नपाएको हो । भिसा नआएका कारण विहान ९ बजे उड्ने भनिएको टोली निर्धारित उडान समयसम्म पनि होटेलमै रहेको छ । […]

April 30, 2024

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

एजेन्सी –  बार्सिलोनाले स्पेनिस ला लिगामा सोमबार जित निकालेको छ। रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसँगै बार्सिलोनाले  भलेन्सियालाई ४-२ ले पराजित गरेको हो। बार्सिलोनाको लागि अर्को गोल फेर्मिन लोपेजले गरेका हुन् । त्यसैगरी भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले गोल गरेका थिए। २२ औं मिनेटमा लोपेजको गोलबाट बार्सिलोना अघि लागेको हो। डुरोले २७ औं मिनेटमा बराबरी गोल गरे। […]

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

Success

Thank you for your time.