default_image

3 years ago

June 2, 2021

युरो कप गुमाउने स्टार खेलाडीहरु

एजेन्सी – सिनियर टोलीमा खेल्ने जो कोही खेलाडीको सपना हुन्छ । अझ ठुला ठुला प्रतियोगिता कुनै पनि खेलाडीले गुमाउन चाहदैनन् । युरोपेली फुटबलकै सर्वोच्च प्रतियोगिता युरो कप सुरु हुन १० दिन बाँकी छ । सबै टोली आफ्नो अन्तिम तयारीमा जुटिसकेका छन् । केही खेलाडीले लामो समयको प्रतिक्षापछि टोलीमा स्थान बनाउन सफल हुदा केही स्टार खेलाडीहरु […]

59 views

0 Bookmark

एजेन्सी – सिनियर टोलीमा खेल्ने जो कोही खेलाडीको सपना हुन्छ । अझ ठुला ठुला प्रतियोगिता कुनै पनि खेलाडीले गुमाउन चाहदैनन् ।

युरोपेली फुटबलकै सर्वोच्च प्रतियोगिता युरो कप सुरु हुन १० दिन बाँकी छ । सबै टोली आफ्नो अन्तिम तयारीमा जुटिसकेका छन् । केही खेलाडीले लामो समयको प्रतिक्षापछि टोलीमा स्थान बनाउन सफल हुदा केही स्टार खेलाडीहरु चोट र आफ्नो कमजोर प्रदर्शनका कारण टोलीमा पर्न सकेका छैनन् ।

यहाँ युरोकप गुमाउने केही चर्चित खेलाडीको चर्चा गरिएको छ । जसले यसपटक घरमै बसेर आफ्नो टोलीको खेल हेर्नेछन् ।

सर्जियो रामोस (स्पेन)

यो सिजन लगातार चोटसँग जुधिरहेका स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान समेत रहेका सर्जियो रामोसलाई प्रशिक्षक लुइस इनरिकेले टोलीमा समेटेनन् । विभिन्न चोटका कारण उनी झन्डै चार महिना बढी मैदान बाहिर रहेका थिए । उनलाई प्रशिक्षक इनरिकेले टोलीमा समेट्न सक्ने आँकलन गरिएपनि उनी टोलीमा पर्न असफल रहे । उनी स्पेनका नियमित समेत कप्तान हुन् ।

अन्सु फाती (स्पेन)

१८ वर्षीय अन्सु फाती विश्व फुटबललले नै आशा गरेका खेलाडी हुन् । २०२० मा १७ वर्षको उमेरमा नै सिनियर टोलीबाट खेल्दै आफ्नो प्रभाव छाडिसकेका उनले एक गोल गरिसकेका छन् । तर, उनले सिजनको सुरुवात देखि नै चोट बोक्न पुग्दा स्पेनको टोलीमा स्थान बनाउन सकेनन् । उनी अझैपनि चोटबाट मुक्त भएका छैनन् । केही महिनाअघि उनको मेनिस्कस इन्ज्युरीको दोस्रोपटक शल्यक्रिया गरिएको छ । उनी गत नोभेम्वरदेखि मैदान बाहिर छन् ।

ज्लाटन इब्राहिमोभिच (स्वीडेन)

भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले आफ्नो सन्न्यासको निर्णय फिर्ता लिदै गत मार्चमा राष्ट्रिय टोलीमा पूनरागमन गरेका थिए । तर, युरोकप नजिकिदै गर्दा घुडामा चोट बोक्न पुगेपछि उनले युरो कप नै गुमाउन पुगेको छ ।

मार्क आन्दर टेर स्टेगन (जर्मनी)

जर्मन टोलीका कप्तान तथा गोलरक्षक म्यानुयल नुयरपछि मार्क आन्दर टेर स्टेगन जर्मन टोलीको गोलरक्षक हुन् । तर, क्याटलान क्लब बार्सिलोनाका पहिलो रोजाईका गोलरक्षक स्टेगनले घुँडाको शल्यक्रिया गर्नुपर्ने भन्दै आफ्नो नाम फिर्ता लिइसकेका छन् ।

ड्यानी कार्भाजल (स्पेन)

carvajal

राइट ब्याक ड्यानी कार्भाहल २०१४ देखि स्पेनको टोलीमा रहेका छन् । तर यसपटकको युरोकपमा उनी स्पेनिस टोलीमा समावेश छैनन् । मस्कुलर चोटका कारण कार्भाजलले यो सिजन रियल म्याड्रिडबाट मात्रै १५ खेलमा अवसर पाएका थिए । उनी अझै चोटबाट बाहिर निस्नक सकेका छैनन् ।

डोमिनिक स्जोबोस्लाई (हंगेरी)

युवा फरवार्ड डोमिनिक स्जोबोस्लाई ग्रोइन इन्ज्युरीका कारण यसपटकको युरो कपमा टोलीमा हुने छैनन् । २० वर्षीय युवा फरवार्ड डोमिनिकले हंगेरीको सिनियर टोलीबाट १२ खेलमा ३ गोल गरिसकेका छन् । रेडबुल साल्जवर्गका यि फरवार्डले अर्काे सिजनदेखि जर्मन क्लब आरबी लाइप्जिगबाट खेल्नेछन् ।

भर्जिल भान डाइक (नेदरल्यान्ड्स)

युरो कपमा मैदानमा देख्न नपाउने अर्काे स्टार खेलाडी हुन् नेदरल्यान्ड्सका डिफेन्डर भर्जिल भान डाइक । सिजनको सुरुवात देखि नै घुडामा चोट बोक्न पुगेका उनी पुर्णरुपमा फिट नभएपछि उनी टोलीमा पर्न सकेनन् ।

फर्लान्ड मेन्डी (फ्रान्स)

विश्व फुटबलका आशालाग्दा राइटब्याक फर्लान्ड मेन्डीले पनि यो सिजनमा चोटसँग जुध्न पुग्दा रियल म्याड्रिडबाट धेरै खेल खेल्न पाएनन् । पेरिओस्टाइटिसका कारण प्रशिक्षक डिडियर डेसच्याम्सले उनलाई टोलीमा समावेश गरेका छैनन् ।

मेसन ग्रीनवुड (इंग्ल्यान्ड)

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका युवा फरवार्ड मेसन ग्रीनवुडले चोटका कारण टोलीमा स्थान बनाउन सकेनन् । उनी ग्यारेथ साउथगेटको प्रारम्भिक सुचीमा परेपनि चोटका कारण देखाउँदै उनी आफैले आफ्नो नाम फिर्ता लिएका थिए ।

क्रिस्टोफ पियाटिक (पोल्यान्ड)

जर्मन बुन्डेसलिगा क्लब हर्था बर्लिनका फरवार्ड क्रिस्टोफ पियाटिकको एंकल इन्ज्युरीका कारण टोलीमा स्थान बनाउन सकेनन् । उनी टोलीमा नहुदा आक्रमणको जिम्मेवारी कप्तान रोबर्ट लेवान्डोस्कीमा थपिएको छ ।

निकोलो जानिओलो (इटाली)

रोमाका २२ वर्षीय प्रभावशाली मिडफिल्डर निकोलो जानिओलोको घुँडाको चोट समयमा ठीक नहुदा इटालीको टोलीमा स्थान बनाउन सकेनन् । उनले फिट हुनका लागि हरसम्भव प्रयास गरेका थिए ।

पेड्रो नेटो (पोर्चुगल)

इंग्लिस क्लब वल्भ्सका विंगर पेड्रो नेटाले गत अप्रिलमा बाँया घुँडामा गम्भीर चोट बोकेका कारण टोलीबाट बाहिरिएका छन् ।

जास्पर सिलेसन (नेदरल्यान्ड्स)

नेदरल्यान्ड्सको पहिलो रोजाईका गोलरक्षक समेत रहेका जस्पर सिलेसनले टोलीमा स्थान बनाएपनि कोरोना संक्रमणका कारण उनले अन्तिम समयमा टोलीमा स्थान गुमाएका छन् ।

एन्थोनी मार्सियल (फ्रान्स)

घुँडाको लिगामेन्ट च्यातिएर चोट बोकेका कारण एन्थोमी मार्सियाल यसपटक फ्रान्सको युरो टोलीमा पर्न सकेनन् ।

निक पोप (इंग्ल्यान्ड)

घुँडाको चोटकै कारण गोलरक्षक निक पोपे इंग्ल्यान्डको टोलीबाट बाहिरिएका छन् । २०१८ मा इंग्ल्यान्डको टोलीमा रहेका उनले ७ क्याव जितेका छन् ।

यो पनि पढ्नुहोस : युरो कपको खेल तालिका नेपाली समयअनुसार

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.