default_image

3 years ago

June 3, 2021

एन्सेलोटीको आगमनले हाजार्ड उत्साहित

एजेन्सी – इडेन हाजार्डले रियल म्याड्रिडका नयाँ प्रशिक्षक कार्लो एन्सेलोटीको आगमनलाई सकारात्मक रुपमालिएका छन् । बेल्जियन विंगरको रियलका पूर्व प्रशिक्षक जिनेदिन जिदानसँग पनि राम्रो सम्बन्ध थियो । उनले सिजनको अन्त्यसँगै मे २७ मा क्लबबाट राजीनामा दिएका थिए । अब भने एन्सेलोटीको समयमा व्यक्तिगत रुपमा पनि अझै राम्रो हुने आशा हजार्डले राखेका छन् । ‘रियलमा सबैलाई […]

70 views

0 Bookmark

एजेन्सी – इडेन हाजार्डले रियल म्याड्रिडका नयाँ प्रशिक्षक कार्लो एन्सेलोटीको आगमनलाई सकारात्मक रुपमालिएका छन् । बेल्जियन विंगरको रियलका पूर्व प्रशिक्षक जिनेदिन जिदानसँग पनि राम्रो सम्बन्ध थियो । उनले सिजनको अन्त्यसँगै मे २७ मा क्लबबाट राजीनामा दिएका थिए ।

अब भने एन्सेलोटीको समयमा व्यक्तिगत रुपमा पनि अझै राम्रो हुने आशा हजार्डले राखेका छन् । ‘रियलमा सबैलाई थाहा छ एन्सेलोटीले के गर्न सक्छन् भन्ने । यहि समूहबाट उनले च्याम्पियन्स लिग जितेका थिए । उनले धेरै खेलाडीलाई चिन्छन् । उनी अनुभवी प्रशिक्षक हुन्,’ हाजार्डले भने, ‘उनलाई यो शहर र यहाँका समर्थकका बारेमा थाहा छ । मलाई लाग्छ हामी मिलेर धेरै गर्न सक्छौं ।’

यपद्दी व्यक्तिगत रुपमा हाजार्ड र एन्सेलोटीको चिनजान भने छैन । ‘म व्यक्तिगत रुपमा त जान्दिन । तर मैले जति पनि उनको बारेमा सुनेको छु ,’ उनले थपे, ‘उनी राम्रो मान्छे हुन् र उनी जित्न चाहन्छन् । हामी पनि त्यहि चाहन्छौं । हामी मिलेर परिवर्तन गर्न सक्छौं । मेरो लागि पनि यो सुखद खबर हो ।’

एन्सेलोटीले प्रिमियर लिग टोली चेल्सी छाडेको अर्को वर्ष उनी त्यहाँ पुगेका थिए । त्यसैले हाजार्ड र एन्सेलोटी पहिलो पटकसँगै हुनेछन् । उनले पूर्व प्रशिक्षक फ्रान्सेली प्रशिक्षक जिदानलाई धन्यवाद दिए । ‘रियलका प्रशिक्षकका रुपमा हरेक दिन उनको वरिपरि रहनु भनेको राम्रो हो,’ उनले अन्त्यमा भने, ‘आफ्नो आदर्शबाट सिक्न पाउनु भन्दा ठूलो अवसर के हुन्छ र ?’

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.