5 years ago
June 4, 2021
एजेन्सी – इंग्ल्यान्ड राष्ट्रिय टोली तथा इंग्लिस क्लब लिभरपुलका युवा डिफेन्डर एलेक्जान्डर आर्नोल्ड ६ साता मैदान बाहिर रहने भएका छन् । ६ साता मैदान बाहिर रहने भएपछि उनले अर्काे साताबाट युरोपियन च्याम्पियनसिप गुमाउने भएका छन् ।

इंग्ल्यान्डले बुधबार युरोपियन च्याम्पियनसिप तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा अस्ट्रियालाई १–० ले पराजित गर्दा आर्नोल्डको चोट बोकेका थिए । २२ वर्षीय राइट ब्याक आर्नोल्डले खेलको ९०औं मिनेटमा तिघ्रामा चोट बोकेर मैदान छाडेका थिए । उनको चोटको स्क्यान रिपोर्टका आधारमा उनले कम्तीमा ६ साता आराम गर्नुपर्नेछ ।
प्रशिक्षक गारेथ साउथगेटले दुई दिन अघिमात्र २६ सदस्यीय टोलीको घोषणा गर्दा आर्नोल्डसहित चार राइट ब्याकलाई इंग्ल्यान्ड टोलीमा राखेर आश्चर्यजनक निर्णय गरेका थिए । अब उनको विकल्पमा प्रशिक्षक साउथगेटले आरोन राम्सडेल, जेम्स वार्ड प्राउस, जेसे लिंगार्ड, मेसन ग्रीनवुड, बेन ह्वाइट, बेन गडफ्रे र ओली वाट्किन्स मध्ये एक जनालाई टोलीमा समेट्नेछन् ।
इंग्ल्यान्ड एफएले विज्ञप्ति जारी गर्दै उनले युरोकप गुमाउने पुष्टि गरेको छ । इंग्लिस क्लब लिभरपुलले पनि आफ्ना डिफेन्डरको उपचार एनफिल्डमा गर्ने बताएका छन् । अब उनले एनफिल्डमा उपचार र रिह्याविलिटेसनसँगै प्रि–सिजनको लागि तयारी थाल्नेछन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]