default_image

3 years ago

June 6, 2021

ब्यालोन डी’ओर : ‘मेस्सी र रोनाल्डोभन्दा कान्टे अगाडी’

एजेन्सी – फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर पल पोग्बाले आफ्ना राष्ट्रिय टोलीका सहकर्मी एनगोलो कान्टेले विश्व फुटबलको सर्वोच्च व्यक्तिगत अवार्ड ब्यालोन डी’ओर जित्ने दावी गरेका छन् । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोग्बाले लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको तुलनामा कान्टेले सफल सिजन बिताएको भन्दै मिडफिल्डरले ब्यालोन डी’ओर जित्ने दावी गरेका हुन् । ३० वर्षीय कान्टेले उच्च प्रदर्शन […]

44 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर पल पोग्बाले आफ्ना राष्ट्रिय टोलीका सहकर्मी एनगोलो कान्टेले विश्व फुटबलको सर्वोच्च व्यक्तिगत अवार्ड ब्यालोन डी’ओर जित्ने दावी गरेका छन् ।

म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोग्बाले लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको तुलनामा कान्टेले सफल सिजन बिताएको भन्दै मिडफिल्डरले ब्यालोन डी’ओर जित्ने दावी गरेका हुन् । ३० वर्षीय कान्टेले उच्च प्रदर्शन गर्दा चेल्सीले क्लब इतिहासमा दोस्रो पटक च्याम्पियन्स लिग उपाधि जितेको थियो । कान्टे सेमिफाइनल र फाइनलमा प्लेयर अफ द म्याच समेत चुनिएका थिए ।

‘म सर विश्वलाई के भन्न चाहन्छु भने एनगोलोले पछिल्लो केहि महिना मात्र होइन, लामो समयदेखि यो प्रदर्शन गर्दै आएका छन् । हामी उनको प्रदर्शनको चर्चा गरिरहँदा उनी लगातार यसै स्तरमा खेलिरहेको बिर्सन हुँदैन,’ पोग्बाले भने ।

‘यसपटक रोनाल्डो र मेस्सी दुवैले च्याम्पियन्स लिगको सेमिफाइनलमा पनि स्थान बनाउन सकेनन् । त्यसैले पनि यसपटक मिडफिल्डरको प्रदर्शन वा भनौं डिफेन्डरकै प्रदर्शनलाई पनि हेर्न जरुरि छ,’ उनले थपे ।

‘मैले धेरै अघि यो भनेको थिएँ । यसपटक चेल्सीले च्याम्पियन्स लिग पनि जितेको छ । उनी अवार्डको हकदार छन्,’ पोग्बाले भने, ‘उनले जस्तो प्रदर्शन गरेका छन्, त्यसले मलाई आश्चर्यमा पारेको छैन । जसरी उनले नियमित शीर्ष स्तरमा एकै खालको प्रदर्शन गर्छन्, त्यो भने अचम्म लाग्दो छ ।’

कान्टेसँगै यसपटक बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई पनि बलियो दाबेदारका रुपमा हेरिएको छ । यसपटक युरोपेली च्याम्पियनसिप पनि हुँदै गरेकाले यसको नतिजाले पनि उपाधिमा असर गर्नेछ । कान्टे फ्रान्सको जर्सीमा उत्रँदा लेवान्डोस्कीले पोल्यान्डको कप्तानी गर्नेछन् ।

यो पनि : पोर्चुगलको आक्रमण रोनाल्डो मात्र होइनन्

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.