default_image

3 years ago

June 6, 2021

यू १३ मा छनोट भएका ४२ खेलाडीको एकेडेमी तय

49 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले युथ एकेडेमीका लागि छनोट गरेको यू १३ का ४२ युवा खेलाडीलाई तीन विभागीय टोलीको एकेडेमीलाई हस्तान्तरण गरेको छ ।

एन्फाले आइतबार लक्की ‘ड्र’ मार्फत खेलाडी तीन विभागीय टोलीको विद्यालय तथा एकेडेमीलाई बाँडफाँड गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा तीन विभागियका प्रनिनिधिको उपस्थितिमा खेलाडीको ड्र भएको थियो । ४२ मध्ये २१ खेलाडी एन्फको पुर्ण छात्रवृत्तिमा तीन विभागीय टोलीको एकेडेमीका रहनेछन् ।

त्यस्तै २१ खेलाडीले भने आफ्नो खर्चमा तीन विभाग त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबका स्कुलमा आबद्ध हुनुपर्नेछ । एन्फा र ३ विभागबीच गत वर्ष एकेडेमी सञ्चालनका लागि सम्झौता भएको थियो । ९ खेलाडी रिजर्भमा रहेको छ ।

जसमा एन्फाले ७ खेलाडीको छात्रबृति दिने, ७ खेलाडीले आफ्नो खर्चमा बस्ने र ३ विभागले समान ७ खेलाडीलाई छात्रबृति दिने सहमति भएको थियो । खेलाडी छनोट गर्न प्राविधिक पक्ष, स्वास्थ्य परिक्षण र खेल्ने शैलीलाई आधार मानिएको थियो एन्फाले जनाएको छ । एन्फाले एकेडेमीका लागि प्रशिक्षक उपलब्ध गराउने बताइएको छ ।

एन्फाले युथ एकेडेमीका लागि पहिलो चरणमा देशभरबाट कुल १६६ खेलाडीबाट शुक्रबार अन्तिम ४२ जना यु–१३ खेलाडी छनोट गरेको हो । छनोटमा प्रदेश १ बाट २८, प्रदेश २ बाट २४, बागमती प्रदेशबाट ३३, गण्डकी प्रदेशबाट ३१, लुम्विनीबाट ३०, कर्णलीबाट ८ र सुदूरपश्चिबाट १२ खेलाडी अन्तिम छनोटमा समावेश रहेका थिए । खेलाडी छनोट गर्न प्राविधिक पक्ष, स्वास्थ्य परिक्षण र खेल्ने शैलीलाई आधार मानिएको थियो ।

सैनिक महाविद्यालयमा छात्रवृत्ति पाउने खेलाडी
सुशिल बर्मासानी (गोलरक्षक – धनुषा), दिपेश डुम्जन (सर्लाही), किसन थापा (स्याङ्जा), भुवन कामी (मकवानपुर), दीपक विक (बर्दिया), अफरोज अली (स्याङ्जा) र अनुभव पुरी (सिन्धुली)

शुल्क तिर्नुपर्ने खेलाडी – निशान्त रानामगर (गोलरक्षक – महोत्तरी), मिजास केसी (कास्की), रोहित श्रेष्ठ (काठमाडौं), दक्ष लामा (धनुषा), उज्वल राई (झापा), सन्दीप शर्मा (सुर्खेत) र मौसम रोकाया (कञ्चनपुर)

रिजर्भ खेलाडी – राम बोहरा (गोलरक्षक – कैलाली), सिमोन मगर (मकवानपुर) र समर्पण सुनुवार (चितवन)

नेपाल पुलिस स्कुलमा छात्रवृत्ति पाउने खेलाडी
दिप्सन परियार (गोलरक्षक–पर्वत), प्रशान्त मोक्तान (सर्लाही), लक्ष्मण थामी (दोलखा), निश्चल थामी (दोलखा), मिजास श्रेष्ठ (कास्की), भुपेश लामा (धनुषा) र पर्वत मगर (दोलखा)

शुल्क तिर्नुपर्ने खेलाडी – सागर चन्द (गोलरक्षक – कैलाली), टान्चो हाङ लिम्वु (ताप्लेजुङ), कुनवाल विवास (मोरङ), युग काफ्ले (सुनसरी), नसिव योन्जन (सर्लाही), जोलिन राई (सुनसरी) र राम थामी (दोलखा)

रिजर्भ खेलाडी – रादुल लिम्वु (गोलरक्षक – मोरङ), प्रयन्त थापा (काठमाडौं) र निश्चल मगर (कास्की)

नेपाल एपिएफ स्कुलमा छात्रवृत्ति पाउने खेलाडी
विवश विक (गोलरक्षक – स्याङ्जा), उत्सव थापा (झापा), दतिन राई (इटहरी) दमरा विक (सर्लाही), तेन्जिङ शेर्पा (काठमाडौं), अनुज श्रेष्ठ (सिन्धुली) र विवेक पासिमा थारु चौधरी (नवलपरासी)

शुल्क तिर्नुपर्ने खेलाडी – रिजेन सलाजु (गोलरक्षक – भक्तपुर), गुरलभ श्रेष्ठ (बर्दिया), सफल पाण्डे (नवलपरासी), विनोद गिरी (कास्की), दिपेश गुरुङ (लमजुङ), रोहित गोले (सर्लाही) र अभिन बस्याल (चितवन)

रिजर्भ खेलाडी – ईश्वर कार्की (गोलरक्षक –झापा), शिव थिङ (सर्लाही) र निश्चल नेपाली (नवलपरासी)

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

Success

Thank you for your time.