5 years ago
June 7, 2021
एजेन्सी – पोर्चुगलको युवा टोलीलाई हराउाँदै जर्मनी युरो यु–२१ च्याम्पियनसिपको च्याम्पियन बनेको छ । स्लोभेनियामा आइतबार राति भएको खेलमा पोर्चुगललाई १–० ले पराजित गर्दै जर्मनीले उपाधि जितेको हो ।

जर्मनीलाई च्याम्पियन बनाउन लुकास एनएमेचाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ४९औं मिनेटमा रिड्ले बाकुको पासमा गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलील गोलका केही सुवर्ण अवसर खेर फाल्दा र लुकासको गोलपछि थप गोल निस्कन नसक्दा सोही गोल नै जर्मनीलाई च्याम्पियन बनाउन पर्याप्त बन्यो ।
जर्मनीले लगातार तेस्रो सिजन फाइनलको यात्रा तय गर्दा दोस्रोपटक च्याम्पियन बन्न सफल भएको हो । जर्मनी २०१७ को च्याम्पियन बन्दा २०१९ मा स्पेनसँग २–१ ले पराजित भएको थियो ।

पोर्चुगल तेस्रोपटक फाइनलमा पुगेपनि उपाधिबाट विमुख बन्न पुग्यो । पोर्चुगलले १९९४ र २०१५ मा फाइनल खेलेको थियो । पोर्चुगल १९९४ मा इटालीसँग अतिरिक्त समयमा १–० ले तथा २०१५ मा स्वीडेनसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित भएको थियो ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]