5 years ago
June 7, 2021
एजेन्सी – अर्काे सातादेखि शुरु हुने युरोपेली च्याम्पियन्ससिपका लागि इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले डिफेन्डर ट्रेन्ट एलेक्सान्डर अर्नोल्डको स्थानमा बेन ह्वाइटलाई टिममा समावेश गरेका छन् ।

युरोपियन च्याम्पियनसिपका लागि घोषित २६ सदस्यीय टोलीमा स्थान बनाएका अर्नोल्डले अष्ट्रियाविरुद्धको मैत्रीपुर्ण खेलमा चोट बोकेपछि टोलीबाट बाहिरिएको थियो । अर्नाेल्ड टोलीबाट बाहिरिएपछि प्रशिक्षक साउथगेटले उनको स्थानमा लोनमा लिड्स युनाइटेडबाट खेलिरहेका २३ वर्षीया बिन ह्वाइटलाई टोलीमा समावेश गरेको हो । बिन ह्वाइट प्रशिक्षक साउथगेटले घोषणा गरेको ३३ सदस्यीय टोलीमा रहेका थिए ।
प्रारम्भिक सुचीमा परेपनि अन्तिम टोलीमा नपरेका उनले अष्ट्रियाविरुद्ध १–० को जित निकालेको खेलबाट सिनियर टोलीमा डेब्यु गरेका थिए । उनी ७१औं मिनेटमा ज्याक ग्रेयालिसको स्थानमा मैदान प्रवेश गरेका थिए । बिन ह्वाइटले रोमानियाविरुद्ध १–० को जित निकालेको खेलमा पुरै ९० मिनेट मैदानमा बिताएका थिए ।
बिन ह्वाइटकोले टोलीमा स्थान बनाएसँगै जेसे लिंगार्ड, जेम्स वार्ड, ओली वाटकिन्स, आरोना राम्सडेल र बेन गुडफ्रे बाहिरिएका छन् । युरोकपमा समूह ‘डी’ मा रहेको इंग्ल्यान्डले १३ जुनमा क्रोएसिया, १९ जुनमा स्कटल्यान्ड र २३ जुनमा चेक रिपब्लिकसँग प्रतिस्पर्धा गर्नेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]