9 years ago
October 28, 2016
चितवन (हाम्रो खेलकुद) – दाजुभाई गोल गरेको खेलमा नेपाल आर्मी चितवनमा जारी विकास रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

राजु तामाङ र उनका भाई सन्तोषले गोल गरेपछि आर्मी मोरङ फुटबल क्लबलाई २–० ले हराउँदै उपाधि नजिक पुगेको हो । ६६ औं मिनेटमा सन्तोषको गोलबाट अग्रता लिएको आर्मीका लागि राजुले त्यसको एक मिनेट पछि नै गोल गरेका थिए ।
सन्तोष खेलका म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे । आर्मीले अब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र सिएमजी क्लब संकटाबीचको विजेतासँग फाइनल खेल्नेछ । मनाङ र संकटाबीच आज सेमिफाइनल हुनेछ । विकास रनिङको विजेताले उपाधिसहित ३ लाख रुपैयाँ जित्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]