default_image

5 years ago

June 8, 2021

जर्मनीको गोल वर्षा

182 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप अघिको अन्तिम तयारी खेलमा उपाधि दावेदार जर्मनीले लात्भियालाई हराउँदै युरोकपको लागि तयार रहेको संकेत दिएको छ ।

घरेलु मैदानमा सोमबार राति भएको खेलमा जर्मनले लात्भियामाथि ७–१ को फराकिलो जित निकाल्दै युरोकपको लासग तयार रहेको संकेत दिएको हो । एकपक्षीय बनेको खेलमा जर्मनीको जितमा रोविन गोसेन्स, इल्केए गुन्डोगान, थोमस मुलर, सर्ज जिनाब्री, टिमो वेर्नर र लिरोए सानेले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

लात्भियाका एलेक्सेज साभेलजेभ्सले एक गोल फर्काए । जर्मनीले पहिलो हाफमै ५–० को अग्रता लिदा दोस्रो हाफमा दुई गोल थप्दा एक गोल खाएको थियो । खेलको १९औं मिनेटमा रोविन गोसेन्सले काई हाभर्टजको पासमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाए । २१औं मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे ।

२७औं मिनेटमा थोमस मुलरले रोविन गोसेन्सको पासमा गोल गरेपछि जर्मनी ३–० ले अघि बढ्यो । ३९औं मिनेटमा रोबर्टस ओजोल्सले आत्मघाती गोल गरेपछि जर्मनीले खेलमा ४–० को अग्रता बनायो । ४५औं मिनेटमा म्याट हमेल्सको पासमा सर्ज जिनाब्रीले गोल गरेपछि जर्मनीले पहिलो हाफमै ५–० को आरामदायी अग्रता बनायो ।

५०औं मिनेटमा सब्सिच्युट टिमो वेर्नरले योसुवा किम्मिखको पासमा गोल गरेपछि जर्मनी फराकिलो जिततर्फ अग्रसर बन्यो । टिमो ४६औं मिनेटमा काई हाभर्टजको स्थानमा मैदान छिरेका थिए । ७५औं मिनेटमा एलेक्सेज साभेलजेभ्सलेले गोल गर्दै खेललाई ६–१ को अवस्थामा ल्याएपनि त्यसको एक मिनेटपछि नै ७६औं मिनेटमा अर्का सब्सिच्युट लिरोए सानेले थोमस मुलरको पासमा गोल गर्दै जर्मनीलाई ७–१ को फराकिलो जित दिलाए ।

समूह ‘एफ’ मा रहेको जर्मनीले १५ जुनको राति विश्वविजेता फ्रान्ससँग खेल्दै युरोकपको सुरुवात गर्नेछ । त्यसपछि १९ जुनमा डिफेन्डिङ च्याम्पियन पोर्चुगल र २३ जुनमा हंगेरीसँग खेल्ने तालिका छ । यता, युरोकपमा छनोट हुन असफल लात्भियाले इस्टोनियासँग १० जुनमा अर्काे मैत्रीपुर्ण खेल खेल्ने तालिका छ ।

यस्तै अन्य मैत्रीपुर्ण खेलमा युक्रेनले १० खेलाडीमा समेटिएको साइप्रसलाई ४–० ले पराजित गरेको छ । फारोई आइल्यान्डले लिचेस्टाइनलाई ५–१ ले पराजित गर्दा एन्डोरा र जिब्राल्टारले गोलरहित बराबरी खेलेका छन् ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.