default_image

5 years ago

June 8, 2021

डोनी भान डि विक युरोकपबाट बाहिर

136 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका डच मिडफिल्डर डोनी भान डि विकले युरोकप गुमाउने भएका छन् । चोटका कारण नेदरल्यान्ड्सका भान डि विकले युरोकप गुमाउने पक्का भएको हो ।

२४ वर्षीय भान डि विकले प्रशिक्षक फ्रान्क डि बोएरको २६ सदस्यीय अन्तिम टोलीमा स्थान बनाएका थिए । तर अन्तिम समयमा उनी चोटका कारण खेल्न नसक्ने भएपछि उनले युरोकप गुमाउने भएका हुन् । उनको प्रतिस्थापनमा कुनै खेलाडीलाई डाकिएको छैन । डच फुटबल फेडेरेसनले वित्रप्ति जारी गर्दै चोटका कारण संघर्ष गरिरहेका भान डि विकले युरोपेली च्याम्पियनसिप गुमाउने पक्का भएको स्पष्ट पारेको छ ।

१९ क्याप जितेका भान डि विकले पछिल्लोपटक गत मार्चमा जिब्राल्टारविरुद्ध ७–० को जित निकालेको खेल खेलेका थिए । उनले उक्त खेलमा एक गोल गरेका थिए । चोटकै कारण उनले दुई मैत्रीपुर्ण खेल गुमाएका थिए ।

समूह ‘सी’ मा रहेको नेदरल्यान्ड्सले १३ जुनमा युक्रेनसँग खेल्दै युरोकपको सुरुवा गर्नेछ । १७ जुनमा अष्ट्रिया र २१ जुनमा नर्थ म्यासेडोनियासँग खेल्ने तालिका रहेको छ । सबै खेल योहान क्रुएफ एरिना आम्सटर्डममा हुनेछ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.