9 years ago
October 29, 2016
काठमाडौं (हाम्रो खेलकुद) –स्वप्नबाग वेस्टर्न युनाइटेडले नैकाप गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

चन्द्रागिरी नगरपालिका २५ स्थित नैकाप मैदानमा भएको फाइनलमा स्वप्नबागले स्थानिय दीपशिखा युवा समूहलाई २–० ले हराउँदै उपाधि जितेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।
दोस्रो हाफमा सुवास घलानले दुवै गोल गरेपछि स्वप्नबाग उपाधि जित्न सफल भएको हो । सुवास फाइनलको म्यान अफ दी म्याच बने । स्वप्तबागले उपाधिसहित २ लाख रुपैयाँ तथा दीपशिखाले १ लाख रुपैयाँ प्राप्त गर्यो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले विजेता, उपविजेता टोली खेलाडीलाई पुरस्कृत गरे ।
ढुंगेअड्डा युनेस्कोका डानिल श्रेष्ठ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै ७ गोल गरेका दीपशिखाका सुमन डंगोल प्रतियोगिताका उच्च गोलकर्ता बने र उनले पनि १० हजार रुपैयाँ जिते । असोज २८ गतेबाट सुरु भएको प्रतियोगितामा २८ टोलीको सहभागिता थियो । नैकापको मैदान स्तर उन्नतीको लक्ष्यसहित प्रतियोगिता संयुक्त नैकापले आयोजन गरेको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]