default_image

3 years ago

June 10, 2021

अष्ट्रेलियाविरुद्ध खेलअघि प्रशिक्षक अलमुताइरी यसो भन्छन्

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तथा एसियन कप छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले शुक्रबार अष्ट्रेलियाको सामना गर्दैछ । खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको लक्ष्य राम्रो प्रदर्शन गर्ने रहेको बताएका छन् । ‘अर्को राम्रो खेल खेल्नुपर्ने छ । नतिजा भन्दा पनि राम्रो खेल खेल्ने लक्ष्य हुनेछ,’ उनले भने, ‘नेपालको इतिहास हेर्ने […]

48 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तथा एसियन कप छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले शुक्रबार अष्ट्रेलियाको सामना गर्दैछ । खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको लक्ष्य राम्रो प्रदर्शन गर्ने रहेको बताएका छन् ।

‘अर्को राम्रो खेल खेल्नुपर्ने छ । नतिजा भन्दा पनि राम्रो खेल खेल्ने लक्ष्य हुनेछ,’ उनले भने, ‘नेपालको इतिहास हेर्ने हो भने लामो पासमा धेरै खेलेको देखिन्थ्यो, त्यसमा केहि परिवर्तन भएको छ । हामीले आफ्नो खेल्ने शैलीमा केहि परिवर्तन गरेका थियौं, त्यसको नतिजा देखिएको छ ।’

उनले छोटो समयमा नै नतिजाबारे सोच्न सहज नहुने पनि बताए । ‘नतिजा पनि महत्त्वपूर्ण हुन्छ, तर छोटो समयमा हामीले समर्थकहरुलाई खुसी दिन सकेका छौं । हामीले भविष्यमा थप सकारात्मक नतिजा दिने संकेत दिएका छौं,’ उनले भने, ‘जुलाईमा युरोपेली र अफ्रिकी राष्टसँग मैत्रीपूर्ण खेल खेल्न कार्यक्रम छ । सेप्टेम्बरको साफ च्याम्पियनसिपको लागि हाम्रो मुख्य तयारी हो । त्यसको लागि हामी दीर्घकालीन योजना लिएर अघि बढेका छौं र सुधार पनि देखिएको छ ।’

प्रशिक्षक अब्दुल्लाहले टोलीमा रहेका केहि युवा खेलाडीलाई डेब्यु गर्ने संकेत दिएका छन् । कमल थापा, सुरज जिउ ठकुरी र आयुष घलान पहिलो पटक राष्ट्रिय टोलीमा पर्दै डेब्युको प्रतीक्षामा छन् । ‘युवा खेलाडीलाई पनि डेब्युको अवसर हुन सक्छ । कमल, सुरज र आयुषले सिनियर टोलीबाट डेब्यु गरेका छैनन् । उनीहरुले सिनियर टोलीमा डेब्यु सुरु गर्दै आफ्नो करिअर अर्को स्तरमा लग्नु पर्छ । अष्ट्रेलियाविरुद्ध डेब्यु गर्न पाउनु सामान्य होइन, तर उनीहरुले आफूलाई यस्तै परिस्थितिमा परिक्षण गर्न जरुरि पनि छ,’ उनले भने ।

प्रशिक्षक अलमुताइरीले पछिल्लो खेलमा जोर्डनविरुद्ध रेफ्रीको निर्णयलाई लिएर पनि प्रश्न गरे । ‘जोर्डनविरुद्ध रेफ्रीको प्रदर्शन चित्तबुझ्दो थिएन । गोलरक्षकले रातो कार्ड दिएको भए सायद खेलको नतिजा पनि परिवर्तन हुन सक्थ्यो,’ उनले भने ।

प्रशिक्षक अलमुताइरीले एन्फासँग सम्झौता गर्दा चौथो स्थानमा रहने वाचा अनुसार आफू सफल रहेको पनि बताए । ‘मलाई चौथो स्थानमा रहने लक्ष्य दिइएको थियो, त्यसमा हामी सफल भएको छौं । तर शीर्ष ४ मा पर्न भने हाम्रो प्रयास जारी छ । हामीले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेका छौं,’ उनले भने ।

अष्ट्रेलियाले समूह चरणको ६ खेलमा शत प्रतिशत जितको नतिजासाथ १८ अंक जोडेको छ । नेपाललाई पराजित गरे अष्ट्रेलियाको एसियन कपमा स्थान तथा विश्वकप छनोटको अर्को चरणमा स्थान पक्का हुनेछ । यता ६ अंकसहित चौथो स्थानमा रहेको नेपाल भने विश्वकप छनोटमा अघि बढ्ने सम्भावना सकिएपनि एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने प्रयासमा छ ।

यो पनि : नेपालको खेलमा परिवर्तन आएको छ’ – अष्ट्रेलियाका प्रशिक्षक आर्नोल्ड

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.