default_image

3 years ago

June 10, 2021

‘नेपालको खेलमा परिवर्तन आएको छ’ – अष्ट्रेलियाका प्रशिक्षक आर्नोल्ड

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तथा एसिया कप छनोट अन्तर्गत नेपालविरुद्ध खेलअघि अष्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले नेपालको खेलमा परिर्वतन भएको औंल्याउँदै खेलको लागि टोली तयार रहेको बताएका छन् । प्रशिक्षक आर्नोल्डले नेपाल मिहिनेती टोली भएकाले आफ्नो खेलाडीबाट थप मिहिनेतको अपेक्षा गरेको बताए । ‘हामीले आफ्नो प्रदर्शनमा ध्यान दिनुपर्छ । नेपाल एकदम मिहिनेती टोली हो । […]

49 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तथा एसिया कप छनोट अन्तर्गत नेपालविरुद्ध खेलअघि अष्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले नेपालको खेलमा परिर्वतन भएको औंल्याउँदै खेलको लागि टोली तयार रहेको बताएका छन् ।

प्रशिक्षक आर्नोल्डले नेपाल मिहिनेती टोली भएकाले आफ्नो खेलाडीबाट थप मिहिनेतको अपेक्षा गरेको बताए । ‘हामीले आफ्नो प्रदर्शनमा ध्यान दिनुपर्छ । नेपाल एकदम मिहिनेती टोली हो । म आफ्नो टोलीका खेलाडीले नेपालविरुद्ध धेरै कुदेर मिहिनेत गर्ने अपेक्षा राख्दछु,’ उनले भने, ‘हामीसँग टोलीमा एकदम राम्रो वातावरण सिर्जना भएको छ । सबैजना उत्साहित छन् । हामी प्रत्यक खेललाई हेर्दै अघि बढेका छौं र अब नेपालको सामना गर्न तयार छौं ।‘

आर्नोल्डले पछिल्लो पटक सन् २०१९ अक्टोबरमा सामना गरेयता नेपालको टोलीमा परिवर्तन भएको बुझेका छन् । ‘पछिल्लो पटक खेलेको भन्दा अहिले नेपाल फेरिएको छ । अहिले नेपालले पछाडीबाट नै मुभ निर्माण गर्ने रणनीति अपनाएको छ । नयाँ प्रशिक्षकले राम्रो काम गरेको देखेको छु,’ उनले थपे, ‘हामी नेपालको सम्मान गर्दछौं । निकै मिहिनेत गर्ने नेपाल पछिल्लो समय राम्रो हुँदै आएको छ । म राम्रो खेलको अपेक्षा गरिरहेको छु ।‘

अष्ट्रेलियन प्रशिक्षकले ताइपेइविरुद्ध खेलेको टोलीबाट केहि परिवर्तन हुने जानकारी दिए । ‘हामीले २९ खेलाडी टोलीमा ल्याएका थियौं र त्यसमा ४ गोलरक्षक पनि छन् । टोलीमा पछिल्लो खेलबाट पक्कै केहि परिवर्तन हुन्छ । कुवेतविरुद्ध खेल्ने टोलीका केहि खेलाडी पनि खेल्नेछन्,’ उनले प्रष्ट पारे ।

आर्नोल्डले आफ्नो प्रदर्शन कसरी राम्रो हुन्छ भन्नेमा बढी ध्यान दिने पनि बताए । ‘हामी विपक्षीभन्दा पनि आफ्नो खेलमा बढी ध्यान दिन्छौं । खेलमा ७५ प्रतिशत आफ्नो र २५ प्रतिशत विपक्षीको दबाब हुन्छ । त्यसैले हामी आफ्नो प्रदर्शन र स्तरलाई ध्यान दिएर नै अघि बढ्नेछौं,’ उनले टुंग्याए ।

अष्ट्रेलियाले समूह चरणको ६ खेलमा शत प्रतिशत जितको नतिजासाथ १८ अंक जोडेको छ । नेपाललाई पराजित गरे अष्ट्रेलियाको एसियन कपमा स्थान तथा विश्वकप छनोटको अर्को चरणमा स्थान पक्का हुनेछ । यता नेपाल भने विश्वकप छनोटमा अघि बढ्ने सम्भावना सकिएपनि एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने प्रयासमा छ ।

यो पनि : अष्ट्रेलियाविरुद्ध खेलअघि प्रशिक्षक अलमुताइरी यसो भन्छन्

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा गोल […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.