default_image

5 years ago

June 10, 2021

कीर्तिमानी रोनाल्डो युरोकै सर्वकालिन महान बन्दै

211 views

0 Bookmark

एजेन्सी – क्रिस्टियानो रोनाल्डो कीर्तिमान नै कीर्तिमानको खानी हुन् । यसै साता सुरु हुने युरो कपमा रोनाल्डोले थुप्रै कीर्तिमान बनाउँदै युरोकपकै सर्वकालीन महान खेलाडी बन्न सक्नेछन् ।

यसको सुरुवात १५ जुनमा हंगेरीविरुद्धको खेलबाट सुरुवात हुनेछ । जहाँ पोर्चुगल रोनाल्डोको कप्तानीमा उत्रनेछ । सोही खेलबाट नै रोनाल्डोको नयाँ कीर्तिमानको अर्काे अध्याय पक्कै सुरु हुनेछ । सन् २०१६ मा आफ्नो कप्तानीमा पोर्चुगललाई युरोपेली च्याम्पियन बनाउन महत्त्वपुर्ण भुमिका निर्वाह गरेका ३६ वर्षीय खेलाडीसँग युरोकपको सर्वकालिन महान् खेलाडीको दाबी गर्न सक्ने ठोस तर्कहरु छन् ।

रोनाल्डोको नाममा युरोकपको इतिहासमा सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान र छनोटमा सर्वाधिक गोल गर्ने कीर्तिमान छ । यसपटक उनले एक गोलमात्रै गरे भनेपनि युरोकपमा सर्वाधिक गोल गर्ने एक्लो खेलाडी बन्नेछन् । यस युरोकपमा उनले के–कस्ता नयाँ कीर्तिमान कोर्न सक्छन् ? आउनुस् चर्चा गरौं ।

अनवरत गोल

युरो कपको इतिहासमा सर्वाधिक गोल गर्नेको सुचीमा फ्रान्सका मिचेल प्लाटिनी र रोनाल्डो समान ९ गोलसहित संयुक्त रुपमा शीर्षस्थानमा छन् । रोनाल्डोले चार संस्करणमा २१ खेल खेल्दै प्लाटिनीको कीर्तिमानलाई भेट्टाएका हुन् । युरो कपमा चार फरक संस्करणमा गोल गर्ने कीर्तिमान पनि उनको नाममा छ । यता प्लाटिनीले एकै संस्करण १९८४ को युरोकपमा ५ खेल खेलेर ९ गोल गरेका थिए । रोनाल्डोले २००४ को संस्करणमा २, २००८ मा २, २०१२ र २०१६ मा समान ३–३ गोल गरेका थिए ।

रोनाल्डोको सबै ९ गोल डिबक्सभित्रबाट भएको छ । पाँच गोल हेडरमार्फत सम्भव हुँदा यो पनि उनको नाममा रहेको कीर्तिमान हो । फ्रान्सका एन्टोइन ग्रिजम्यानले राम्रो खेल्न सके रोनाल्डो र प्लाटिनी दुवैको रेकर्ड तोड्न सक्छन् । उनले प्रतियोगितामा अहिलेसम्म ६ गोल गरेका छन् । यी सबै गोल युरो २०१६ मा गरेका हुन् ।

युरो कपको छनोटमा सर्वाधिक गोल गर्ने रेकर्ड पनि रोनाल्डोकै नाममा छ । उनले यो संस्करणको छनोटसम्म आइपुग्दा ३१ गोल गरेका छन् । उनले रोब्बी केनको २३ गोलको कीर्तिमानलाई सेप्टेम्बर २०१९ मा तोडेका थिए ।

अभुतपुर्व सफलता

रोनाल्डोले आफ्नो कप्तानीमा टोलीलाई २०१६ मा युरोपेली च्याम्पियन बनाए । घरेलु टोली फ्रान्सविरुद्धको फाइनल खेलको २५औं मिनेटमा उनी घाइते भएर उनी बाहिरिएका थिए । तर उनले डगआउटमा बसेर (उनलाई छुट दिइएको थियो) टोलीलाई निरन्तर निर्देशन दिइरहे । पोर्चुगलले यो खेल अतिरिक्त समयमा १–० ले जित्यो ।

दुई युरोपेली च्याम्पियनसिपको फाइनल खेल्ने ४४ खेलाडीमध्ये रोनाल्डो एक हुन् । रोनाल्डोले २००४ र २०१६ को फाइनल खेले । कुनै पनि खेलाडीले युरोकपको तीनवटा फाइनल खेलेका छैनन् । केवल रोनाल्डो र बास्टियन स्ववाइन्सटाइगरले मात्र तीनपटक सेमिफाइनल खेलेका छन् ।

यदि यसपटक पनि रोनाल्डोले उपाधि जितेमा उनी पश्चिम जर्मनीका रेइनर बोनहोफ (१९७२ र १९८०) र युरो २००८ तथा २०१२ जित्ने स्पेनिस टोलीका १२ सदस्यहरुको ‘दुई युरोकप जित्ने’ सुचीमा उभिनेछन् ।

रोनाल्डोले युरोकपमा सर्वाधिक धेरै खेल (११ खेल) जित्ने स्पेनका सेस फाब्रिगास र आन्द्रेस इनिस्टाको कीर्तिमानलाई बराबरी गरेका छन् । यसपटक कुनै खेल जितेमा सर्वाधिक जित हासिल गर्ने कीर्तिमान रोनाल्डोको एकलौटी हुनेछ ।

लामो रेसको घोडा

आफ्नो क्षमताले भ्याएसम्म राष्ट्रिय टोलीबाट खेल्ने सबैको चाहना हुन्छ । चार युरो कप खेल्ने थोरै खेलाडीमध्ये रोनाल्डो एक हुन् । अब उन पाँच युरोकप खेल्ने एक्लो खेलाडी र सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बन्नेछन् । उनले अहिलेसम्म युरोकपमा कुल २१ खेल खेलेका छन् । जुन जर्मनीका बास्टिन स्वान्स्टाइगरभन्दा तीन र इटलीका जियानलुजी बुफोनको भन्दा चार खेल बढीको हो ।

यस्तै रोनाल्डोसँग सर्वाधिक धेरै मिनेट युरोकप खेल्ने कीर्तिमान पनि छ । उनले १ हजार ७ सय ९५ मिनेट युरोकप खेलेका छन् । रोनाल्डोले युरोकपमा सर्वाधिक १ सय २२ पटक गोलका लागि प्रयास गरेका छन् । यो सूचीमा फ्रान्सका हेनरी थिएरी दोस्रोमा छन् । उनले गोलका लागि ५२ पटक गोलका लागि प्रयास गरेका थिए ।

गोलका लागि अवसर सिर्जना गराउनेको सुचीमा रोनाल्डो अन्या पाँच खेलाडीसँगै संयुक्त रुपमा दोस्रोमा छन् । उनले ५ वटा असिस्ट गरेका छन् । डेभिड बेकह्यामसहितका अन्य ५ खेलाडीले पनि ५ वटाअएसिस्ट मिलाइदिएका छन् । यो सुचीको शीर्षमा रहेका रहेका चेक गणतन्त्रका केरल पोबोस्र्काइले ६ वटा असिस्ट दिएका छन् । रोनाल्डोले यसपटक बराबरी गर्न वा तोड्न सक्नेछन् ।

रोनाल्डाले ८३ पटक ड्रिबलका लागि प्रयास गरेपनि ३१ पटकमात्रै उनले ड्रिबल पूरा गर्न सकेका छन् । सर्वाधिक धेरै ड्रिबल गर्ने कीर्तिमान पोर्चुगलकै लुइस फिगोको नाममा छ ।

बन्न सक्ने अन्य कीर्तिमान

रोनाल्डोले युरोकपको सर्वकालिन सर्वाधिक गोलकर्ता तथा पाँचपटक प्रतियोगिता खेल्ने कीर्तिमान यस युरोबाट राख्न सक्नेछन् । उनी तीनपटक फाइनल खेल्ने पहिलो खेलाडी पनि बन्न सक्छन् । रोनाल्डोको चारपटक सेमिफाइनल खेल्ने पहिलो खेलाडीको कीर्तिमान पनि राख्न सक्छन् ।

राम्रो खेल्दै गोल गर्न सकेमा रोनाल्डोले युरोमार्फत नै अन्तर्राष्ट्रिय गोलको कीर्तिमान आफ्नो नाममा लेखाउन सक्नेछन् । उनले पोर्चुगलका लागि अहिलेसम्म १ सय ४ गोल गरेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक धेरै गोल गर्ने कीर्तिमान ईरानका अली दाईको नाममा छ । उनले १ सय ९ गोल गरेका छन् ।

रोनाल्डोको यादगार खेल

पोर्चुगल २– १ नेदरल्यान्डस् – युरो २००४ को सेमिफाइनलमा रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाउँदा अर्काे गोलको लागि असिस्ट दिदै टोलीलाई घरेलु भुमिमा फाइनलमा पुर्याएका थिए ।

पोर्चुगल ३–३ हंगेरी – पोर्चुगल युरो २०१६ को समूह चरणबाटै बाहिरिने संघारमा रहँदा खेलमा पछि परेको अवस्थामा टोलीले उत्कृष्ट पूनरागमन गर्दा रोनाल्डोले दुई गोल गर्दै अघिल्लो चरणको बाटो देखाए । अन्ततः टोली च्याम्पियन नै बन्न सफल भयो । सोही संस्करणको सेमिफाइनलमा रोनाल्डोले वेल्सविरुद्ध एक गोल गर्दा अर्काे गोलको लागि असिस्ट दिए ।

सोही संस्करणको फाइनलमा रोनाल्डो २५औं मिनेटमै घाइते भएर मैदान छाड्न बाध्य बने । तर, उनले डगआउटमा बसेर टोलीलाई निर्देशन दिइरहे । अतिरिक्त समयमा घरेलु टोलीलाई १–० ले हराउँदै पोर्चुगल पहिलोपटक युरोपको च्याम्पियन बन्यो ।

बिर्सनलायक क्षण

सन् २००४ मा पोर्चुगललाई घरेलु भूमिमै उपाधि जित्ने अवसर रहँदा तुलनात्मक रुपमा कमजोर मानिएको ग्रीससँग १–० ले पराजित हुदा रोनाल्डोको गोल गर्ने सुवर्ण अवसर खेर फालेका थिए । यस्तै युरो २०१२ को सेमिफाइनलमा स्पेनसँग निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरी भएपछि पेनाल्टी सुटआउट बाट निर्णय लिदा रोनाल्डो पाँचौ नम्बरमा पेनाल्टी प्रहार गर्नका लागि रोनाल्डो प्रतीक्षामा थिए । तर, त्यो मौका आउनुअघि नै पोर्चुगल २–४ ले पराजित भयो ।

बीबीसी स्पोर्ट्सको सहयोगमा

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.