default_image

5 years ago

June 11, 2021

युरो कपको उद्घाटन खेलमा इटाली र टर्की भिड्दै

228 views

0 Bookmark

एजेन्सी – युरोपेली फुटबलको सर्वाेच्च निकाय (युईएफए) को आयोजनामा युरोपका राष्ट्रबीचको सबैभन्दा ठुलो फुटबल प्रतियोगिता युरोपेली च्याम्पियनसिपको १६औं संस्करण आज (शुक्रबार) देखि सुरु हुँदैछ ।

प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा यसपटकको युरो कप युरोपको ११ देशको ११ शहरमा आयोजना हुँदैछ । युरोकपको उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको इटालीले घरेलु मैदानमा टर्कीको आतिथ्यता गरेपछि युरोकप औपचारिक रुपमा सुरु हुनेछ । रोमस्थित ओलम्पिक स्टेडियममा हुने उद्घाटन खेल नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ ।

११ जुलाईदेखि ११ जुनसम्म ११ शहर (लन्डन, आम्स्टरडम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लास्गो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्ग) मा आयोजना हुने युरोकपमा २४ राष्ट्रको सहभागिता रहेको छ । । फाइनल वेम्वली स्टेडियम लन्डनमा हुनेछ ।

उद्घाटन खेलमा दुवै टोली जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछन् । युरोकप अघिको दुई अभ्यास खेलमा जित निकालेको इटाली ११ सेप्टेम्बर २०१८ मा नेसन्स लिगमा पोर्चुगलसँग १–० ले पराजित भएयता पछिल्लो २५ खेलमा अपराजित छ । यसक्रममा इटालीले २० जित र ५ बराबरीको नतिजा निकालेको छ । इटाली सोही अपराजित यात्रालाई निरन्तरता दिने दाउमा हुनेछ ।

इटालीसँग सिरो इमोविले, लोरेन्जो इन्सिग्ने, फेडरिको चिइसा, जर्गिन्हो, म्यानुयल लोकाटेली, निकोलो बरेल्ला, लियोनाद्रो बोनुची, जिअरजियो किएलिनी, एलेसान्द्रो फ्लोरेन्जी र गोलरक्षक जियानलुइगी डोन्नररुम्माजस्ता नाम चलेका खेलाडीको साथ रहेको छ ।

यता, टर्की पनि इटालीलाई स्तब्ध पार्दै युरोकपमा सुखद सुरुवात गर्न चहान्छ । गत नोभेम्वरमा नेसन्स लिगमा हंगेरीसँग २–० ले पराजित भएयता अपराजित टर्कीले त्यसपछि चार जित र दुई बराबरीको नतिजा निकालेको छ । टोलीसँग बुराक यिल्माज, हकान कलहानोग्लु, काल्गर सोयन्कु, मेरिय डेमिरल र ओजान तुफानजस्ता खेलाडीको साथ रहेको छ ।

समूह विभाजन

समूह ‘ए’ – (रोम/बाकु) – टर्की, इटाली (आयोजक), वेल्स र स्वीट्जरल्यान्ड

समूह ‘बी’ – (कोपेनहेगन/सेन्ट पिटर्सवर्ग) – डेनमार्क (आयोजक), फिनल्यान्ड, बेल्जियम र रसिया (आयोजक)

समूह ‘सी’ – (आम्स्टरडम/बकारेस्ट) – नेदरल्यान्ड्स (आयोजक), युक्रेन, अष्ट्रिया र नर्थ म्यासेडोनिया

समूह ‘डी’ – (लन्डन/ग्लास्गो) – इंग्ल्यान्ड (आयोजक), क्रोएसिया, स्कटल्यान्ड (आयोजक) र चेक रिपब्लिक

समूह ‘ई’ – (सेभिया/सेन्ट पिटर्सवर्ग) – स्पेन (आयोजक), स्वीडेन, पोल्यान्ड र स्लोभाकिया

समूह ‘एफ’ – (म्युनिख/बुडापेस्ट) – हंगेरी (आयोजक), पोर्चुगल (च्याम्पियन), फ्रान्स र जर्मनी (आयोजक)

यो पनि : युरो कपको खेल तालिका नेपाली समयअनुसार

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.