9 years ago
October 29, 2016
काठमाडौँ (हाम्री खेलकुद) – आगामी कार्तिक १७ गतेबाट मलेसियाको कुचिङमा सुरु हुन लागेको एएफसी सोलिडारीटि कपमा सहभागि हुन लागेको नेपाली टोलीलाई चोटको समस्या परेको छ।

३० खेलाडी सम्मिलित प्रारम्भिक छनोटबाटनै प्रकाश बुढिथोकि र विकास तामाङ चोटका कारण बाहिरिएका थिए। यसबाहेक मिडफिल्डर विशाल राई र भरत खवासले पनि भर्खरै मात्र चोटबाट पुनरागमन गरेका हुन्।
खवास राष्ट्रिय टोलीमा सबैभन्दा धेरै घाइते हुने खेलाडी मानिन्छन्। उनको आक्रमक खेलशैलीले गर्दा उनले चोट बोक्ने सम्भावना बढि भएको देखिन्छ। करिब पाँच हप्ता अघिमात्र खवास बल लिने प्रयासमा कमल श्रेष्ठसंग जुध्दा हात भाँच्न पुगेका थिए। खवास अपरेसन गरेको तिन साता नबित्दै मैदानमा उत्रेका थिए। उनिबाट शत प्रतिशत खेलको आशा गर्न गाह्रो हुनेछ।
यस्तै मिडफिल्डमा राम्रो छाप बसाएका विशाल राई पनि डेढ महिनापछि गतसाता मैदान फर्किएका हुन्। घुँडाको चोटले गर्दा उनले दशैं अघि प्रशिक्षण गर्न सकेका थिएनन्।
रोहित चन्दलाई एसिएलका कारण गुमाएको ६ महिना बितिसक्दा पनि चन्दको मैदान फर्कने सम्भावना हाललाई कम छ। उनि अझै तिन महिना फुटबलबाट बाहिरै रहने बुझिएको छ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]