default_image

5 years ago

June 12, 2021

वेल्स र स्वीट्जरल्यान्ड भिड्दै

177 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को दोस्रो दिन आज (शनिबार) समूह चरणको विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘ए’ मा रहेको वेल्सले स्वीट्जरल्यान्डको सामना गर्दा समूह ‘बी’ को दुवै खेल आज राति हुनेछ ।

वेल्स र स्वीट्जरल्यान्डबीचको खेल नेपाली समयअनुसार अजरवैजानको बाकुमा साँझ ६:४५ बजे हुनेछ । दुवै टोली जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । सन् २०१६ को युरोकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको वेल्स लयमा रहेको स्वीट्जरल्यान्डलाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।

टोलीसँग कप्तान ग्यारेथ बेलसँगै आरोन राम्से, ह्यारी विल्सन र ड्यानियज जेम्सको साथ रहेको छ । पछिल्लो दुई खेलमा जित निकाल्न नसकेको वेल्स स्वीट्जरल्यान्डलाई हराउँदै जितको लयमा फर्कन चहान्छ । वेल्सले युरोकप अघिको अभ्यास खेलमा फ्रान्ससँग ३–० ले पराजित हुँदा अल्वानियासँग गोलरहित बराबरी खेलेको थियो ।

यता, पछिल्लो सात खेलमा अपराजित रहेको स्वीट्जरल्यान्ड वेल्सलाई हराउँदै सुखद सुरुवात लिने लक्ष्यमा हुनेछ । स्वीट्जरल्यान्ड गत नोभेम्वरमा बेल्जियमसँग मैत्रीपुर्ण खेलमा २–१ ले पराजित भएयता अपराजित छ । त्यसपछि नेसन्स लिगमा स्पेनसँग १–१ गोलको बराबरी खेलेपछि स्वीट्जरल्यान्डले लगातार सात खेलमा जित निकालेको छ ।

सोही कारण पनि टोली उच्च मनोवलका साथ मैदान उत्रनेछ । यान सोम्मेर, म्यानुयल एकान्जी, जद्रान शाकिरी, ग्रानिट झाँका, ह्यारिस सेफेरोभिच र मारियो गाभरानोभिचजस्ता खेलाडीको साथ रहेको छ । यि दुई टोलीको पछिल्लो दुई भेटमा दुवै टोलीले समान एक खेल जितेका छन् ।

सन् २०१२ को लागि भएको युरो छनोटको पहिलो खेलमा स्वीट्जरल्यान्ड ४–१ ले विजयी हुदा त्यसपछि वेल्सले २–० को जित निकालेको थियो । यि दुई टोली एक दशकपछि एक आपसमा भिड्न लागेको हो । यही समूह ‘ए’ को पहिलो खेलमा उपाधि दावेदार इटालीले टर्कीलाई ३–० ले हराउँदै विजयी सुरुवात गरिसकेको छ ।

वेल्सको सम्भावित सुरुवाती ११ :ड्यानी वार्ड, क्रिस मेपहाम, जोई रोडन, बिन डाभिस, कोन्नर रोबर्ट्स, जोई एल्लेन, आरोन राम्से, निको विलियम्स, ड्यानियल जेम्स, ह्यारी विल्सन र ग्यारेथ बेल

स्वीट्जरल्यान्डको सम्भावित सुरुवाती ११ :यान सोम्मेर, निको इल्भेडी, फावियन स्चर, म्यानुयल एकान्जी, केभिन एमबाबु, रेमो फ्रेउलेर, ग्रानिट झाँका, रिकार्डाे रोड्रिग्वेज, जद्रान शाकिरी, मारियो गाभरानोभिच र ह्यारिस सेफेरोभिच

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.