default_image

5 years ago

June 12, 2021

सुखद सुरुवात गर्ने डेनमार्कको लक्ष्य

177 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को दोस्रो दिन आज (शनिबार) समूह चरणको विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुदैछ । समूह ‘ए’ को वेल्स र स्वीट्जरल्यान्डको खेल्सँगै आज राति समूह ‘बी’ को दुवै खेल हुनेछ ।

डेनमार्क र फिनल्यान्डबीचको खेल नेपाली समयअनुसार डेनमार्कको घरेलु मैदान तेलिया पार्केनमा राति ९:४५ बजे कोपेनहेगनमा हुनेछ । अन्डरडगको छवि बनाएको डेनमार्क फिनल्यान्डलाई हराउँदै ३ अंक जोड्ने लक्ष्यमा मैदानमा उत्रनेछ ।

टोलीसँग युरोपियन फुटबलमा प्रभाव जमाएका क्रिस्टियन इरिक्सन, पिएरे इमिल होज्बजर्ग, थोमस डिलाने, मार्टिन ब्रेथवेट, एन्ड्रिएस क्रिस्टेन्सेन, सिमोन केजाइर, युसुफ पउलसेन र गोलरक्षक कास्पर स्मेइचेलको साथ रहेको छ । युरोकपमा डेनमार्कको यो नवौं सहभागिता हो । २०२० मा कास्पर हुलमन्ड प्रशिक्षक भएपछि डेनमार्कको प्रदर्शनमा धेरै नै सुधार देखिएको छ ।

नेसन्स लिगमा राम्रो प्रदर्शन गरेको डेनमार्क विश्वकप छनोट अन्तर्गतका तीन खेलमा अपराजित छ । युरोकप अघि भएको मैत्रीपूर्ण खेलमा जर्मनीलाई १–१ गोलको बराबरीमा रोकेको डेनमार्कले बोस्निया एन्ड हर्जगोविनालाई २–० ले पराजित गरेको थियो । गत नोभेम्वरमा बेल्जियमसँग ४–२ ले पराजित भएयता डेनमार्क पछिल्लो पाँच खेलमा अपराजित छ । डेनमार्क सोही लयलाई निरन्तरता दिने दाउमा हुनेछ ।

यता, पहिलोपटक सर्वाधिक ठूलो प्रतियोगिता खेल्न लागेको फिनल्यान्ड पनि डेनमार्कलाई स्तब्ध पार्दै सुखद सुरुवात लिने दाउमा हुनेछ । टोलीसँग टिमु पुक्की, रोविन लड र लेन कामराको साथ रहेको छ । गत नोभेम्वरमा बुल्गेरियालाई २–१ ले हराएयता फिनल्यान्डले पछिल्लो ६ खेलमा जित निकाल्न सकेको छैन । यसक्रममा दुई बराबरी र चार हारको नतिजा छ ।

यि दुई टोलीले सन् २०११ मा मैत्रीपुर्ण खेल खेल्दा डेनमार्क २–१ ले विजयी भएको थियो । त्यसपछि यि दुई टोली पहिलोपटक भिड्न लागेको हो । यही समुहको अर्काे खेलमा बेल्जियम र रसियाबीच सेन्ट पिटर्सवर्गमा राति १२:४५ बजे प्रतिस्पर्धा हुँदैछ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.