default_image

5 years ago

June 12, 2021

वेल्स र स्वीट्जरल्यान्डको रोमाञ्चक बराबरी

174 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह चरणको खेलमा वेल्स र स्वीट्जरल्यान्डले बरबरी खेल्दै अंक बाँडेका छन् । एक गोलले पछि परेको अवस्थामा वेल्सले स्वीट्जरल्यान्डलाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो ।

अजरवैजानस्थित बाकी स्टेडियम बाकुमा शनिबार राति भएको समूह ‘ए’ को खेलमा स्वीट्जरल्यान्डले खेलको सुरुवात देखि नै वेल्सलाई दवावमा राखेपनि वेल्सको रक्षापङ्ति तोड्न सकेन । दोस्रो हाफको सुरुमै स्वीट्जरल्यान्डले ब्रिल इम्वोलोको गोलबाट अग्रता लिन सफल भयो ।

उनले ४९औं मिनेटमा जेद्रान शाकिरीको पासलाई सदुपयोग गरेका थिए । एक गोलले पछि परेको वेल्सले सम्हालिएको खेल पस्कँदै बराबरी गोल गर्न सफल भयो । ७४औं मिनेटमा जोइ मोररेलको पासमा अनमार्क रहेका किफर मुरले फ्लिक हेडर गर्दै जाली चुमाएका थिए ।

८५औं मिनेटमा मारियो गाभरानोभिकले गोल गरेपनि भिएआरले उनको गोललाई मान्यता नदिदा स्वीट्जरल्यान्डले अग्रता लिनबाट चुक्यो । मैदान प्रवेश गरेको केहिबेरमा नै गोल गरेको खुसी मनाएपनि उनी अफसाइड ठहरिएका थिए ।

खेलको सुरुवातदेखि नै वेल्सलाई दवावमा राखेको स्वीट्जरल्यान्डले छैटौ मिनेटमा रिकाडौं रोड्रिग्वेजको क्रसमा केभिन एमबावुको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । १५औं मिनेटमा वेल्सले अग्रता लिने सुवर्ण अवसर खर फाल्यो ।

२५औं मिनेटमा ह्यारिस सेफेरोभिचको पासमा ग्रानिट झाँकाको भली प्रहार बाहिरियो । लगत्तै २७औं मिनेटमा सेफेरोभिचकै प्रहार फितलो बन्यो । ४१औं मिनेटमा सेफेरोभिचको प्रहार क्रसबारमा लागेर फर्कदा स्वीट्जरल्यान्ड अग्रता लिनबाट चुक्यो ।

यो बराबरीपछि दुवै टोलीले समान एक अंक जोडेका छन् । शुक्रबार राति टर्कीलाई ३–० ले पराजित गरेको इटालीको ३ अंक छ । यो समूहमा टर्की अंक विहीन छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.