5 years ago
June 13, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिपमा डेब्यु गरिरहेको फिनल्याण्डले समूह बी को पहिलो खेलमा डेनमार्कलाई पराजित गरेको छ । डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन मैदानमा अचेत भएर लडेपछि झन्डै डेढ घण्टा रोकिएको खेलमा फिनल्याण्डले १-० को जित दर्ता गरेको हो ।

पहिलो हाफको ४३ औं मिनेटमा डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन एक्कासी मैदानमा लडेर अचेत भएपछि रेफ्रीले तत्काल स्वास्थ्य टिम मैदान बोलाएका थिए । बल उनको स्थानसम्म नआउँदै एक्कासी ढलेका एरिक्सनलाई मैदानमा स्वास्थ्य टोलीले सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) पनि दिएका थिए । झन्डै १५ मिनेट मैदानमा नै उपचार गरेपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लागिएको थियो ।
मैदानबाट बाहिर लग्ने क्रममा नै एरिक्सनको होस आएको थियो । उनलाई थप उपचारका लागि नजिकैको अस्पताल लागिएको थियो । अस्पतालबाट उनले आफ्नो सहकर्मीलाई भिडियो कलमार्फत कुरा गर्दै खेल सुचारु गर्न भनेका थिए । दुवै टोलीसँग यूईएफएले छलफल गरेपछि खेल झन्डै डेढ घण्टापछि सुचारु भएको थियो ।

पहिलो हाफको ४३ औं मिनेटमा रोकिएको खेल सोहि स्थानबाट सुरु भएको थियो । रेफ्रीले पहिलो हाफको ४ मिनेट खेलाएर हाफ टाइमस्वरूप ५ मिनेट दिएपछि दोस्रो हाफ सुरु भएको थियो ।
खेलको ५९ औं मिनेटमा जोल पोहान्पालोले गोल गर्दै फिनल्याण्डलाई अग्रता दिलाए । उनले जेरे उरोनेनको क्रसमा गरेको हेडर गोलरक्षक कास्पर स्माइकलको हातमा लाग्दै गोल भएको थियो । पहिलोपटक ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको फिनल्याण्डका खेलाडीले गोलको खुसी भने मनाएका थिएनन् ।
खेलको ७३ औं मिनेटमा डेनमार्कले पेनाल्टी प्राप्त गर्यो । पओलोस अराजुरीले पेनाल्टी क्षेत्रभित्र युसुफ पौल्सेनलाई लडाएपछि प्राप्त पेनाल्टीमा पिएर इमिल होएबिएर चुक्न पुगे । होएबिएरले आफ्नो दायाँतर्फ गरेको प्रहारलाई गोलरक्षक लुकास ह्राडेच्कीले सहजै बचाएका थिए ।

यस जितसँगै फिनल्यान्डले समूहमा ३ अंक जोडेको छ । अब फिनल्यान्डले समूहको अर्को खेलमा बुधबार रुसको सामना गर्नेछ । डेनमार्कले बिहीबार दोस्रो खेलमा बेल्जियमसँग खेल्नेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]