5 years ago
June 13, 2021
एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकुले युरोकपको समूह चरणको पहिलो खेलमा रसियाविरुद्ध गरेको गोल आफ्नो सहयात्री डेनिस खेलाडी क्रिस्टियन एरिक्सनलाई समर्पित गरेका छन् ।

डेनमार्कका महत्वपुर्ण खेलाडी क्रिस्टयन एरिक्सन फिनल्यान्डविरुद्धको पहिलो हाफको अन्त्यतिर अचेत भइ अकस्मात मैदानमा ढलेका थिए । एरिक्सन एक्कासी मैदानमा लडेर अचेत भएरपछि रेफ्रीले तत्काल स्वास्थ्य टिम मैदान बोलाएका थिए ।
बल उनको स्थानसम्म नआउँदै एक्कासी ढलेका एरिक्सनलाई मैदानमा स्वास्थ्य टोलीले सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) पनि दिएका थिए । झन्डै १५ मिनेट मैदानमा नै उपचार गरेपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लागिएको थियो । अहिले एरिक्सन खतरामुक्त भइसकेका छन् । झन्डै डेढ घन्टापछि खेल शुरु हुदा उक्त खेलमा डेनमार्क युरोकपमा पहिलोपटक प्रतिस्पर्धा गरिरहेको फिनल्यान्डसँग १–० ले पराजित हुन पुगेको छ ।

लुकाकुकै दुई गोल मद्दतमा बेल्जियमले रसियालाई ३–० ले पराजित गरेको छ । उनले रसियाविरुद्ध खेलको १०औं मिनेटमा पहिलो गोल गरेपछि लुकाकु कर्नर फ्ल्यागतिर गए। उनीसँगै खुशियाली मनाउन लागेका सहयात्राीलाई रोके र क्यामेरामा हेदै भने, ‘क्रिस, क्रिस आइ लभ यु!’ लुकाकुले एरिक्सनप्रति गरेको यो समर्पणको यो भिडियो फुटेज र तस्वीर अहिले सामाजिक सन्जालमा भारइरल भएको छ । उनी बेल्जियमका सर्वाधिक गोलकर्ता पनि हुन् ।

इटालियन क्लब इन्टर मिलानले अघिल्लो सिजन सिरी ‘ए’ को उपाधि जित्नदा उनीहरु टोलीका महत्वपुर्ण सदस्य रहेका थिए । इन्टर मिलानले १० वर्षपछि सिरी ‘ए’ को उपाधि जितेको थियो । लुकाकुको यस्तो किसिमको समर्पणले उनीहरुबीच राम्रो सम्वन्ध रहेको देखिन्छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]