5 years ago
June 13, 2021
एजेन्सी – डेनमार्कका स्टार फरवार्ड क्रिस्टियन एरिक्सन खतरामुक्त रहेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले अहिले उनको अवस्था ठिक तर स्थिर रहेको बताएका छन् । डेनिस फुटबल फेडेरेसनले पनि अहिले एरिक्सनको अवस्था ठिक रहेको जनाएको छ ।

युरोकप २०२० अन्तरगत शनिबार राति फिनल्यान्डविरुद्धको खेलको पहिलो हाफको अन्त्यतिर एरिक्सन अचेत भई अकस्मात मैदानमा ढलेका थिए । एरिक्सन एक्कासी मैदानमा लडेर अचेत भएरपछि रेफ्रीले तत्काल स्वास्थ्य टिम मैदान बोलाएका थिए ।
बल उनको स्थानसम्म नआउँदै एक्कासी ढल्न पुगेका एरिक्सनलाई मैदानमा स्वास्थ्य टोलीले सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) पनि दिएका थिए । झन्डै १५ मिनेट मैदानमा नै उपचार गरेपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लागिएको थियो ।

झन्डै डेढ घन्टापछि खेल शुरु हुदा युरोकपमा पहिलोपटक प्रतिस्पर्धा गरिरहेको फिनल्यान्डले डेनमार्कलाई १–० ले पराजित गरेको छ ।
घट्नापछि डेनमार्क र फिनल्यान्डका खेलाडी, अफिसियल, मैदानमा खेल हेर्न पुगेका समर्थकहरुमा सन्नटा छाउँदा सबैको गहभरि आशु भरिएको थियो ।
घट्नापछि आयोजक युईएफएले मेडिकल इमरजेन्सीको कारण देखाउँदै खेल स्थगित पनि गरेको थियो । तर, दुवै टिमको छलफलपछि खेल झन्डै डेढ घन्टापछि सुरु भएको थियो । त्यसपछि युरोमा डेब्यु खेल खेलिरहेका फिनल्यान्डले १–० को जित निकाल्न सफल भयो ।

पहिलो हाफमा फिनल्यान्डलाई लगातार दवावमा राखेको डेनमार्कले यो घट्नापछि दोस्रो हाफमा भने एरिक्सनकै चिन्ताका कारण स्वभाविक खेल पस्कन नसक्दा पराजित हुन पुग्यो । फिनल्याण्डको जितमा ६०औं मिनेटमा पोहनजनपालेले गोल गरेका थिए । अब डेनमार्कले अब १७ जुनमा बेल्जियम र २२ जुनमा रसियासँग खेल्ने छ ।


December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]