default_image

5 years ago

June 13, 2021

इंग्ल्यान्डलाई क्रोएसियाको चुनौती

173 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिपको तेस्रो दिन आज (आइतबार) समूह चरणको विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘डी’ मा इंग्ल्यान्ड र क्रोएसियाले प्रतिस्पर्धा समूह ‘सी’ तर्फ अष्ट्रिया र नर्थ म्यासेडोनिया तथा नेदरल्यान्ड्स र युक्रेनबीच आज राति नै प्रतिस्पर्धा हुँदैछ ।

इंग्ल्यान्ड र क्रोएसियाबीचको खेल वेम्वली स्टेडियम लन्डनमा नेपाली समयअनुसार साँझ ६:४५ बजे हुनेछ । दुवै टोली जित निकाल्दै युरोकपमा सुखद नतिजा निकाल्ने लक्ष्यमा हुनेछ । स्टार र युवा खेलाडीले भरिएको उपाधि दावेदार इंग्ल्यान्ड घरेलु मैदानमा क्रोएसियालाई हराउँदै मैदानमा उत्रनेछ । टोलीसँग कप्तान ह्यारी केनसँगै मासन माउन्ट, फिल फोडेन, रहिम स्टर्लिङ, डिक्लन राइस, काल्भिन फिलिप्स, बेन चिलवेल, टेरन मिङ्स, जोन स्टोन्स, केल वाल्कर र जोर्डन पिकफोर्ड रहेका छन् ।

यस्तै डिन हेन्डरसन, बिन ह्वाइट, जोर्डन हेन्डरसन, जुड बेलिङघम, ज्याक ग्रेयालिस, मार्कुस रासफोर्ड, डोमिनिक काल्भर्ट लेविन, जेडान सान्चो र बुकायो साकाजस्ता नाम चलेका खेलाडी टोलीमा रहेका छन् । गत नोभेम्वरमा बेल्जियमसँग २–० ले पराजित भएयता लगातार ६ जित निकालेको इंग्ल्यान्ड क्रोएसियाविरुद्ध पनि सोही जितको यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

यता, विश्वकपको उपविजेता क्रोएसिया पनि इंग्ल्यान्डलाई हराउँदै सुखद नतिजा निकाल्ने दाउमा हुनेछ । २०१८ को विश्वकपमा अप्रत्यासित रुपमा फाइनलमा स्थान बनाएको क्रोएसिया सोही प्रदर्शनलाई युरोकपमा पनि निरन्तरता दिने लक्ष्यमा हुनेछ । तर, टोलीको पछिल्लो प्रदर्शन राम्रो रहन सकेको छैन । क्रोएसियाले युरोकपअघिको तयारी खेलमा अर्मेनियासँग बराबरीमा रोकिदा जर्मनीलाई १–० ले नतिजा सुम्पिएको थियो । क्रोएसिया इंग्ल्यान्डलाई हराउँदै जितको लयमा फर्कन चाहन्छ ।

टोलीमा कप्तान लुका मोड्रिच, एन्टी रेविच, एन्डरेज क्रामारिक, निकोला भ्लासिक, मारियो पासालिस, माटियो कोभासिस, मार्सेलो ब्रोजोभिक, इभान पेरिसिस, डोमागोज ब्राडारिच, डोमागोज भिडा, जोस्को जिभार्डीओल, डुजे कालेटा कार, सिमे भर्सलज्को र गोलरक्षक डोमिनिक लिभाकोभिकको साथ रहेको छ ।

यि दुई टोलीको पछिल्लो तीन भेटमा समान एक जित, बराबरी र हारको नतिजा छ । २०१८ को विश्वकपको सेमिफाइनलमा क्रोएसियाले अतिरिक्त समयमा २–१ को जित निकाल्दा त्यसपछि नेसन्स लिगमा गोलरहित बराबरी हुदा नेसन्स लिगमै इंग्ल्यान्डले २–१ को जित निकालेको थियो ।

प्लेयर्स टु वाच

ह्यारी केन (इंग्ल्यान्ड)

स्वभाविक नै छ, यसपटक इंग्ल्यान्डको २७ वर्षीय कप्तानी ह्यारी केनले नै सम्हाल्ने छ । प्रशिक्षक ग्यारेथ साउथगेटले के कस्तो रणनीति अपनाउने हो, खुलस्त छैन । तर उनले क्रोएसिया जस्तो बलियो टोलीसँग आफ्नो कप्तानलाई सुरुवाती रोजाईमा उतार्नेछ । टोटेनहमका उनी फिनिसिङमा चुस्त छन् । गत सिजनको टोटेनहमका लागि ३३ गोल गरेर पनि आफुलाई प्रमाणित गरेका छन् । निकै लयमा रहेका केन नै क्रोएसियाविरुद्ध मुख्य खेलाडी हुनेछन् ।

लुका मोड्रिच (क्रोएसिया)

प्लेमेकर लुका मोड्रिच अहिले ३५ वर्षका भए । यो उमेरमा पनि विपक्षीलाई समस्या उत्पन्न गराउन अझै पनि सक्षम छन् । ‘लुका फरक विशेष खेलाडी हुन् । उनी विश्व फुटबलको उत्कृष्ट मध्यपंक्तिका खेलाडी भन्दा केही फरक हुनेछैन । मोड्रिचले आफ्नो देश र क्लबका लागि सबथोक दिएका छन् । यि रियल म्याड्रिडका मिडफिल्डर फेरि एकपटक इंग्ल्यान्डलाई दुःख दिदै २०१८ को खेललाई दोहो¥याउने लक्ष्यमा हुनेछ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.