default_image

5 years ago

June 13, 2021

अस्ट्रिया र नर्थ म्यासेडोनिया भिड्दै

214 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तरगत आज राति समूह चरणको विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुदैछ । समूह ‘डी’ मा इंग्ल्यान्ड र क्रोएसियाले प्रतिस्पर्धा गर्दा समूह ‘सी’ तर्फ अष्ट्रिया र नर्थ म्यासेडोनिया तथा नेदरल्यान्ड्स र युक्रेनबीच आज राति नै प्रतिस्पर्धा हुँदैछ ।

अष्ट्रिया र नथ म्यासेडोनियाबीचको खेल नेपाली समयअनुसार राति ९:४५ बजेपछि बुकारेस्टस्थित एरिना नासिनोलामा हुनेछ । जर्मन बुन्डेसलिगामा प्रभावशाली प्रदर्शन गरेका खेलाडीको बाहुल्यता रहेको अष्ट्रिया पहिलोपटक युरोकपमा प्रतिस्पर्धा गर्न लागेको नर्थ म्यासेडोनियालाई हराउँदै विजयी सुरुवात गर्न चाहन्छ । तर, सरप्राइज नर्थ म्यासेडोनियाविरुद्ध मैदान उत्रदा टोलीलाई एक प्रकारको दवाव हुनेछ ।

टोलीका लागि सबैभन्दा ठुलो नाम यसै सिजनमात्रै स्पेनिस क्लब रियल म्याड्रिडले अनुबन्ध गरेको डेभिड अलावा नै हुन् । यसबाहेक टोलीसँग कोर्नाड लेइमार, भालेन्टिनो लजारो, मार्सेल सवित्जर, जुलियन, एलेसान्द्रो स्कफ, मार्काे एराउनोटोभिक, ड्यानियल बचमन र करिम ओनिसियो जस्ता खेलाडीको साथ रहेको छ । सन् २००८ र २०१६ मा दुईपल्ट युरो खेलेको अष्ट्रियाले दुई बराबरी र चार हार आत्मसात गरेको छ । छनोट चरणमा अस्ट्रियाले म्यासेडोनियालाई दुवैपल्ट हराएको थियो ।

यता, म्यासेडोनिया पहिलोपल्ट प्रतियोगिता खेलिरहँदा डेब्युू खेलमा जित निकालेर यसलाई सम्झनलायक बनाउन चाहन्छ । सन् १९९१ मा युगोस्लाभियाबाट स्वतन्त्र भएको म्यासेडोनिया पहिलोपल्ट कुनै ठूलो प्रतियोगिता खेलिरहेको छ । टोलीको युरोकपसम्मको यात्राको लागि नेसन्स लिगको प्लेअफमार्फत जर्जियालाई पन्छाएको थियो ।

टोलीसँग भेट्रान फरवार्ड गोरान पाण्डभ, एलेक्सान्डर ट्राजकोभ्स्की, इल्जिफ इल्मास, इनिस बार्दी, बाबन निकोलोभ र इजीजान एलिओस्कीलगायतका नाम चलेका खेलाडीको साथ रहेको छ । यि दुई टोलीले हालसम्म दुई खेल खेल्दा दुवैपटक अष्ट्रियाले जित निकालेको थियो । दुवै खेल युरोकपकै लागि छनोटमा रहेको थियो ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.