default_image

5 years ago

June 13, 2021

युक्रेनविरुद्ध नेदरल्यान्ड्सको परिक्षा

149 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिपको तेस्रो दिन आज (आइतबार) समूह चरणको विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदा नेदरल्यान्ड्स सन् २०१४ पछि पहिलोपटक ठुलो प्रतियोगितामा फर्कदैछ ।

समूह ‘सी’ मा रहेको नेदरल्यान्ड्सले घरेलु मैदान योहान क्रुएफ एरिना आम्स्टरडममा युक्रेनको आतिथ्यता गर्नेछ । खेल राति १२:४५ बजे हुनेछ । सन् २०१६ को युरो र २०१८ को विश्वकपमा छनोट हुन असफल रहेको नेदरल्यान्ड्स फेरि एकपल्ट ठूलो प्रतियोगितामा फर्किएको छ । टोलीका लागि युरो २०२० आफ्नो प्रतिष्ठा कायम राख्ने प्रतियोगिता हुनेछ ।

ब्राजिल विश्वकपपछि टोली ठुला प्रतियोगितामा फर्कदा टोलीसँग सेन्टर ब्याकका स्टार खेलाडी भर्जिल भान डाइकको उपस्थिति रहनेछैन । उनी घुँडाको चोटमुक्त हुनेक्रममा छन् । तर नेदरल्यान्ड्स टिममा प्रतिभाशाली खेलाडीको कुनै कमी हुनेछैन ।

निकै लयमा रहेका मेम्फस डिपाए, वोआउट वेगह्रस्ट, ओवेन विज्डल, जर्जिन्हो वाइनाल्डम, मार्टिन डि रुन, फ्रान्की डि योङ, डेन्जेल डुमफ्राइज, दाले ब्लिन्ड, स्टेफन डि भर्ज, म्याथिज डे लेग्ट र मार्टिन स्टेकेलेनवर्गको साथ रहेको छ । यसबाहेक टोलीसँग जोएल भल्टम्यान, नाथन एके, क्पिन्सी प्रोमेस र डाभी क्लासेन पनि रहेको छ ।

यता, लगातार तेस्रोपटक युरो खेलरिहेको युक्रेन बलियो डच टोलीलाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । सन् २०१६ को संस्करणमा युक्रेन कुनै गोल गर्न असफल रहेको युक्रेनले यसपल्ट राम्रो प्रदर्शनको अपेक्षा गरिएको छ । यसको कारण हो । छनोट चरणमा टोलीको दमदार प्रदर्शन । तर, टोली पछिल्लो ६ खेलमा अपराजित रहेपनि मात्रै दुई जित छ । ६ मध्ये पछिल्लो दुई जितले टोलीले युरोकपको लागि तयार रहेको संकेत दिएको छ ।

टोलीसँग युरोपियन फुटमा प्रभाव जमाएका खेलाडीहरुको साथ रहेको छ । रोमन यारेमचुक, एन्ड्रिया यार्माेलेन्को, ओलेक्सान्डर जुकोभ, रुस्लान मालिनोभ्स्की, ओलेक्सान्डर जिनचेन्को, भिटाली माइकोलेन्को, माइकोला माट्भियान्को र जर्ज बुस्चान रहेका छन् । यि दुई टोली २०१० पछि पहिलोपटक भिड्न लागेको हो । त्यतिबेलाको मैत्रीपुर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.