default_image

5 years ago

June 14, 2021

स्कटल्यान्ड र चेक रिपब्लिक भिड्दै

124 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह चरणको खेलमा आज (सोमबार) राति विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘डी’ को स्कटल्यान्ड र चेक रिपब्लिकले प्रतिस्पर्धा गर्दा समूह ‘ई’ को दुई खेल आज राति नै हुनेछ ।

जायन्ट किलरको छवि बनाएको स्कटल्यान्डले २३ वर्षपछि ठुलो प्रतियोगिताको लागि मैदान उत्रदा चेक रिपब्लिकलाई हराउने लक्ष्यमा हुनेछ । खेल ग्लास्गोमा नेपाली समयअनुसार राति ६:४५ बजे हुनेछ । स्कटल्यान्ड सन् १९९८ पछि पहिलोपटक ठुलो प्रतियोगितामा उत्रदैछ ।

स्कटल्यान्ड १९९८ को विश्वकपको समूह चरणमा मोरोक्कोसँग ३–० ले पराजित भएको थियो । यस्तै स्कटल्यान्डले सन् १९९६ पछि पहिलोपटक युरोपियन च्याम्पियनसिप खेल्दैछ । कुनै समय नियमित ठूला प्रतियोगिता नियमित खेल्ने स्कटल्यान्डले यसपल्ट प्लेअफको बाटोबाट युरोमा छनोट भएको हो । टोलीका प्रशिक्षक स्टिभ क्लार्कले टोलीको जायन्ट किलरको पुरानो छविलाई कायम राख्ने बताएका छन् ।

इतिहास पल्टाउने हो भने स्कटल्यान्डले नेदरल्यान्ड्स र स्पेनजस्ता टिमलाई हराएको छ । स्कटल्यान्डले सन् १९९९ मा इंग्ल्यान्डलाई हराएको थियो । ‘हामी पुरानो छविमा फर्कन चहान्छौ । त्यस्तै खेल्ने रणनीति छ । ठूला टिममाथि स्तब्धपूर्ण नतिजा निकाल्न सक्षम छौं ।’ प्रशिक्षक क्लार्कले भनेका छन् । चेकविरुद्धका पछिल्ला चार मध्ये तीन खेलमा जित पाएको स्कटल्यान्ड उत्साहित भएर मैदान उत्रनेछ ।

यता, चेक पनि स्कटल्यान्डलाई हराउँदै युरोमा सुखद सुरुवात गर्न चाहन्छ । तर, चेकले पछिल्लो चार खेलमा स्कटल्यान्डलाई हराउन सकेको छैन । चेकले पछिल्लोपटक २०१० मा स्कटल्यान्डलाई १–० ले पराजित गरेको थियो ।

स्कटल्यान्डको सम्भावित सुरुवाती ११ : डेभिड मार्सल, ज्याक हेन्ड्री, ग्रान्ट हान्ले, काइरन टिएरने, स्टेफेन ओडोन्नेल, स्कट म्याकटोमिने, कलुम म्याकग्रिगर, जोन म्याकजिन, एन्ड्रिउ रोबर्टसन, लेन्डन डेकेस र चे एडाम्स

चेकको सम्भावित सुरुवाती ११ : थोमस भाक्लिक, भ्लादिमिर कोउफल, अन्ड्रेज सेलुस्ट्का, थोमस कालास, जान बोरिल, थोमस सोउसेक, एलेक्स केरल, लुकास मासोपुस्ट, भ्लादिमिर डारिदा, जाुकव जान्कटो र प्याट्रिक स्चिक

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.