5 years ago
June 16, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत फ्रान्सले ग्रुप अफ डेथ मानिएको समूह एफको खेलमा जर्मनीलाई १-० ले पराजित गरेको छ । फ्रान्सको जितमा जर्मन डिफेन्डर म्याट्स हमल्सले गरेको आत्मघाती गोल नै निर्णायक सावित भयो ।

खेलको २० औं मिनेटमा फ्रान्सले आत्मघाती गोलको सहयोगमा अग्रता लिएको थियो । पल पोग्बाले पेनाल्टी क्षेत्रको बाहिरबाट दिएको विश्वस्तरीय पासलाई लुकास हर्नान्डेजले लो क्रस गर्दा डिफेन्डर म्याट्स हमल्स क्लियर गर्ने प्रयासमा आत्मघाती गोल गर्न पुगेका थिए । हमल्स युरोमा जर्मनीका लागि आत्मघाती गोल गर्ने पहिलो खेलाडी समेत बने ।
अर्कोतर्फ जर्मनीले २ मिनेट नबित्दै स्कोर बराबर गर्ने अवसर गुमायो । रोबिन गोसेन्सको क्रसमा थोमस मुलरको प्रहारले पोस्टको दिशा लिन सकेन । २७ औं मिनेटमा टोनी क्रुसको प्रहारले गोलरक्षक ह्युगो लोरिसलाई कुनै समस्या दिएन । ३८ औं मिनेटमा इल्काए गुन्डोगनले पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्ने अवसर चुकाउँदा फ्रान्सको अग्रता कायम रहयो ।
५२ औं मिनेटमा फ्रान्सको अग्रता दोब्बर पार्ने अवसरमा पोस्ट बाधक बन्न पुग्यो । एमबाप्पेको चलाखीपूर्ण थ्रु पासलाई अघि बढाएका एड्रीएन राबीओटले वन भर्सेस वनको स्थितिमा गरेको प्रहार पोस्टमा लागेर बाहिरियो । ५३ औं मिनेटमा जर्मनी खेल बराबर गर्न नजिक पुगेको थियो । गोसेन्सको क्रसमा सर्ज गनाब्रीको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरिएको थियो ।

६६ औं मिनेटमा एमबाप्पेले पोग्बाको पासलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्र भित्रबाट सुन्दर फिनिस गरेपनि असिस्टेन्ट रेफ्रीले अफसाइड दिएपछि गोलले मान्यता पाएन । ७९ औं मिनेटमा एम्बापपे आक्रमणमा वन भर्सेस वनको स्थितिमा रहेपनि हमल्सले सानदार ट्याकल गर्दै अग्रता दोब्बर पार्न दिएनन् ।
८५ औं मिनेटमा किलीयन एम्बापपेको क्रसमा करीम बेन्जेमाले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले गोललाई मान्यता दिएन । ८८ औं मिनेटमा लेरोए सानेको फ्रिकिक बाहिरिंदा जर्मनीले खेल बराबर गर्ने सुवर्ण अवसर गुमायो ।
यस जितसँगै फ्रान्स ३ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेको छ । पोर्चुगलको समान ३ अंक भएपनि गोलअन्तरमा पोर्चुगल अघि छ । अंकविहिन जर्मनी र हंगेरी क्रमश: पुछारको दुई स्थानमा छन् ।
त्यसअघि खेलको अन्तिम समयमा लगातार तीन गोल गरेपछि पोर्चुगलले घरेलु टोली हंगेरीलाई हराउँदै युरोपेली च्याम्पियनसिपमा विजयी सुरुवात गर्यो । ग्रुप अफ डेथ मानिएको समूह एफको पहिलो खेलमा पोर्चुगल ३-० ले विजयी भयो ।

खेलको ४३ औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाउने सुवर्ण अवसर खेर फाले । ब्रुनो फर्नान्डेसको पासमा रोनाल्डोले पेनाल्टी क्षेत्र भित्र बाट सहज अवसरलाई पोस्टभन्दा माथिबाट प्रहार गरेका थिए । त्यसअघि ३० औं मिनेटमा रोनाल्डोकै हेडरले पोस्टको दिशा लिन नसक्दा पोर्चुगल अग्रता लिनबाट चुकेको थियो ।
पहिलो हाफमा निरन्तर आक्रमण बुनेपनि पोर्चुगलले गोल गर्न सकेको थिएन । दोस्रो हाफमा हंगेरीले आफ्नो रक्षात्मक रणनीति कायम राख्दै काउन्टर अट्याकमा पनि अघि बढेको थियो । ८० औं मिनेटमा जाबोलाक्स सोनले गोल गरेपनि असिस्टेन्ट रेफ्रीले उक्त मुभलाई अफसाइड दिएपछि पोर्चुगल जोगिएको थियो ।
खेलको ८४ औं मिनेटमा पोर्चुगलले अग्रता लियो । राफाएल गुरेरोले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार डिफेन्डरको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो । त्यसअघि राफा सिल्भाको क्रस डिफेन्डरलाई लाग्दै गुरेरोको स्थानसम्म आइपुगेको थियो ।

अग्रता लिएको दुई मिनेटपछि नै पोर्चुगलले पेनाल्टीको अवसर पायो । विलि ओर्बानले राफा सिल्भालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । रोनाल्डोले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै २-० को अग्रता दिलाए । रोनाल्डोले गोलरक्षकलाई विपरित दिशामा डाइभ गराउँदै प्रतियोगितामा व्यक्तिगत पहिलो गोल गरे ।
इन्ज्युरी समयको दोस्रो मिनेटमा रोनाल्डोले अर्को गोल गर्दै ३-० को अग्रता दिलाए । राफा सिल्भाकै पासमा पेनाल्टी क्षेत्रभित्र संयमित रोनाल्डोले अफसाइड ट्रयाप बिट गर्दै फिनिस गरेका थिए । युरोको ५ संस्करणमा खेल्ने पहिलो खेलाडी बनेका रोनाल्डोले खेलको पहिलो हाफमा अवसर सदुपयोग नगरेपनि अन्त्यमा भने नतिजालाई न्याय दिए ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]