default_image

5 years ago

June 16, 2021

टर्कीलाई हराउँदै वेल्स नकआउट चरण नजिक

194 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ए को दोस्रो खेलमा वेल्सले टर्कीलाई पराजित गरेको छ । आरोन राम्सी र कनर रोबर्ट्सको गोलमा वेल्सले २-० को जित दर्ता गर्दै नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।

खेलको सुरुवाती हाफमा दुई अवसर गुमाएपछि राम्सीले ४२ औं मिनेटमा गोल गरेका थिए । उनले ग्यारेथ बेलको लामो पासलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट नियन्त्रण गर्दै फिनिस गरेका थिए । त्यसअघि उनले २४ औं मिनेटमा बेलकै पासमा गरेको प्रहार पोस्टभन्दा माथिबाट गएको थियो । ३७ औं मिनेटमा बुराक इल्माजको प्रहारले पनि पोस्टको दिशा लिन सकेको थिएन ।

दोस्रो हाफमा टर्कीले दुई परिवर्तन गर्दै खेलमा फर्कने संकेत देखाएको थियो । दुई मिनेट नबित्दै चेंगिज उन्दरको प्रहार थोरैले बाहिरियो । ५० औं मिनेटमा हाकान चाल्हानोग्लुको प्रहार ड्यानी वार्डले बचाएपछि टर्की खेल बराबर गर्नबाट बन्चित भएको थियो ।

६० औं मिनेटमा वेल्सले अग्रता दोब्बर पार्ने अवसर पाएको थियो । जेकी चेलीकले पेनाल्टी क्षेत्रभित्र बेललाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । तर बेलको प्रहार पोस्टभन्दा निकै माथि गएपछि स्कोर १-० नै कायम रहयो ।

टर्कीले त्यसपछि लगातार आक्रमण गरेपनि गोलरक्षक वार्डले लगातार बचाउ गर्दै टर्कीलाई खेलमा फर्कन दिएनन् । इन्ज्युरी समयको पाँचौ मिनेटमा कनर रोबर्ट्सले गोल गर्दै वेल्सको जित सुनिश्चित गरे । उनले बेलको पासलाई नै पेनाल्टी क्षेत्रभित्र भिडभाड भएको अवस्थामा गोल गरेका थिए ।

यस जितसँगै वेल्सले २ खेलमा ४ अंक जोड्दै समूहको शीर्षस्थानमा स्थान बनाएको छ । दुवै खेलमा पराजित टर्की भने अर्को चरण पुग्ने सम्भावना निकै कम रहेको छ । यस समूहमा इटालीको ३ र स्विट्जरल्यान्डको १ अंक छ । यी दुई टोली केहीबेरमा नै खेल्नेछन् ।

त्यसअघि रसियाले युरापेली च्याम्पियनसिपमा पहिलो जित दर्ता गर्ने क्रममा फिनल्यान्डमाथि १–० को झिनो जित निकालेको थियो । रसियाको पहिलो जितमा एलेक्सी मिरान्चुकले गरेको गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको अन्त्यतिर सुन्दर गोल गरेका थिए । रसिया पहिलो खेलमा बेल्जियमसँग ३–० ले पराजित भएको थियो । च्याम्पियनसिपमा पहिलो हार बेहारेको फिनल्यान्डले पहिलो खेलमा डेनमार्कलाई १–० ले पराजित गरेको थियो ।

सेन्ट पिटर्सबर्गमा बुधबार साँझ भएको खेलको चौथो मिनेटमा जोएल पोहानपालोले गोल गरेपनि उनको गोलले भिएआरबाट मान्यता पाएन । जुक्का राइटाले डलेर कुजाएभलाई बिट गर्दै दिएको क्रसमा पोहानपालोले सिक्स यार्ड बक्सभित्रबाट हेडमार्फत गोल गर्नुअघि उनी अफसाइड देखिए ।

१०औं मिनेटमा घरेलु टोली रसियाले खेलमा अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । डलेर कुजाएभले ओभरल्यापमा जाँदै एलेक्सी मिरानचुकलाई दिएको पासमा उनले अनमार्क रहेका ओजडाइभ पास दिदा उनको प्रहार पोस्टबाट आकासिएको थियो । १४औं मिनेटमा मिरानचुककै पासमा कप्तान अर्टिम ज्युवाको प्रहार क्रसबारमा लागेर फर्कदा रसिया अग्रता लिनबाट चुक्यो ।

२१औं मिनेटमा पोहानपालोको वान भर्सेस वानको अवस्थाको प्रहारलाई इगर डिभिभले स्लाइडिङ ट्याकल गर्दै बललाई क्लियर गर्दै रसियाको खतरा टारे । ३१औं मिनेटमा एलेक्सान्डर गोलोभिनको पासमा सेन्टर ब्याक डिभिभको हेडरले पोस्टको दिशा लिन सकेन । ३७औं मिनेटमा गोलोभिनकै लो क्रस पासलाई भ्यालेस्लाभ काराभाइव पुग्नुअघि नै जेरी युरोनले क्लियर गरिदिदा रसियाले अग्रता लिन सकेन ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा इटालियन क्लब एटलान्टाका एलेक्सी मिरानचुकले गोल गर्दै रसियालाई १–० को अग्रता दिलाए । कप्तान अर्टिम ज्युवासँगको वान टु वान पासमा मिरानचुकले तीन डिफेन्डरबीचबाट प्रहार गरेको लेफ्ट फुटेट प्रहारले जाली चुम्दा फिनल्यान्डका गोलरक्षक लुकास ह्रादेच्कीले रोक्ने कुनै मौका पाएनन् । उनले २०१९ नोभेम्बरपछि रसियाका लागि पहिलो गोल गरेका हुन् ।

दोस्रो हाफको सुरुमै फिनल्यान्ड बराबरीबाट चुक्यो । रोविन लोडको पासमा टिमु पुकीले गरेको प्रहारलाई डिभिवले ट्याकल गर्दै बचाए । ५४औं मिनेटमा टिमु पुकीको प्रहारलाई गोलरक्षक साफोनोभले सहजै बचाए । ६६औं मिनेटमा रिफाट जेमालेटडिनोभको प्रहार फितलो बन्यो । ६९औं मिनेटमा पुकीले अर्काे अवसर खेर फाल्दा फिनल्यान्ड बराबरीबाट चुक्यो ।

७२औं मिनेटमा अर्टिम ज्युवाको प्रहारलाई गोलरक्षक ह्रादेच्कीले सुन्दर बचाउ गर्दा रसिया अग्रता दोब्बर पार्नबाट बन्चित भयो । इन्ज्युरी समयको पहिलो मिनेटमा झेमालेत्दिनोभले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो ।

यो जितसँगै समूह ‘बी’ बाट रसियाले २ खेलबाट ३ अंक जोड्दै नकआउट चरण पार गर्ने सम्भावना जीवितै राखेको छ । समान ३ अंक नै भएपनि बेल्जिय बढी गोलको आधारमा शीर्ष स्थानमा रहँदा फिनल्यान्ड हेड टु हेडमा रसियासँग पछि छ । अब रसियाले डेनमार्कसँग तथा फिनल्यान्डले बेल्जियमसँग खेल्न बाँकी छ । बिहीबार राति बेल्जियम र डेनमार्क खेल्दैछन् ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.