5 years ago
June 17, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह चरणको दोस्रो राउन्डको खेलमा आज राति विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘सी’ मा युक्रेनले नर्थ म्यासेडोनियाको सामना गर्दा समुह ‘सी’ कै अर्काे खेलमा नेदरल्यान्ड्सले अष्ट्रियासँग खेल्दा समूह ‘बी’ मा डेनमार्कले बेल्जियमको सामना गर्दैछ ।

युक्रेन र नर्थ म्यासेडोनियाबीचको खेल रोमानियास्थित एरिना नेसनल बुखारेस्टमा नेपाली समयअनुसार साँझ ६:४५ बजे हुनेछ । दुवै टोली समूहमा पहिलो जितको खोजी हुनेछ । युक्रेन पहिलो खेलमा नेदरल्यान्ड्ससँग ३–२ ले पराजित हुँदा नर्थ म्यासेडोनियाले अष्ट्रियालाई ३–१ ले नजिता सुम्पिएको थियो ।
समूह चरण पार गर्न दुवै टोलीलाई जितबाहेकको विकल्प छैन । यस्तो अवस्थामा दुवै टोली जितको खोजीमा हुनेछ । बराबरी या हारले दुवै टोलीको समूह चरण पार गर्ने सम्भावना झिनो बन्नेछ । युक्रेनसँग रोमन यारेमचुक, माइकोला सापारेन्को, एन्ड्रि यार्माेलेन्को, ओलेक्सान्डर जिन्चेन्को, रुस्लान मालिनोभ्स्की, भिटाली माइकोलेन्को, एलेक्सान्डर काराभाइव र गोलरक्षक जर्ज बुस्चानको साथ रहेको छ ।
यता, भेट्रान फरवार्ड गोरान पाण्डवको नेतृत्वमा उत्रने म्यासेडोनिया युरोमा पहिलो जितको खोजीमा हुनेछ । टोलीसँग इभान ट्रिकोभ्स्की, इल्जिफ इल्मास, इनिस बार्धी, इज्जान एलिओस्की, भिसार मुस्लिउ, बोवान निकोलोभ र स्टोल डिमिट्रिभ्स्कीको साथ रहेको छ ।
समूह ‘सी’ मा दुवै टोली अंकविहीन हुदा युक्रेन तेस्रो तथा नर्थ म्यासेडोनिया पुछारमा रहेको छ । यि दुई टोलीको पछिल्लो दुवै भेटमा युक्रेन विजयी भएको छ । २०१६ को लागि २०१५ मा भएको युरो छनोटमा प्रतिस्पर्धा हुदा युक्रेनले दुवै खेलमा १–० र २–० को जित निकालेको थियो ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]