9 years ago
October 29, 2016
काठमाडौं (हाम्रो खेलकुद) — सहिद स्मारक बी डिभिजन टोली ब्वाइज युनियनले राइनो संरक्षण फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । ब्वाइज युनियनले शनिबार भएको फाइनलमा ए डिभिजन टोली सिएमजी क्लब संकटा २–१ हराउँदै उपाधि जितेको छ । दुई दिनमा दुईवटा प्रतियोगिता फाइनल खेल्ने तयारीमा रहेको संकटा पहिलो फाइनलमा पराजित भएको छ ।

अघिल्लो दिन शुक्रबार २–१ कै अन्तरमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै संकटा चितवनमा जारी विकास रनिङ सिल्ड फुटबल प्रतियोगिताको फाइनल पुगेको थियो । संकटाले आइतबार विकास रनिङ शिल्डको फाइनलमा नेपाल आर्मीको सामना गर्दैछ ।
संरक्षणका लागी खेलकुद भन्ने उदेश्यका साथ नन्द भाउजु मध्यवर्ती उपभोक्ता समिति मध्यविन्दु –२ कोल्हुवामा सञ्चालित प्रतियोगिताको फाइलनमा पहिलो हाफमा नै ब्वाइजन युनियनले २–० को अग्रता लिएको यिथो । विनोद लामाले नवौं मिनेटमा गोल गरेका थिए भने ३३ औं मिनटमा अफ्रिकी मुलका खेलाडी ओफेज ओलाले अर्को गोल गरे । अघिल्लो दिन मनाङविरुद्ध निर्णायक गोल गरेका असिमले संकटाका लागि ५४ औं मिनेटमा गोल फर्काएका थिए । उनले पेनाल्टीमा गोल गरेका थिए । तर त्यसपछि संकटाले अर्को गोल गर्न सकेन । ब्वाइज युनियन यो बर्ष ए डिभिजन लिगमा उक्लन असफल भएको थियो ।
ब्वाइज युनियनले उपाधिसहित ३ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो । त्यस्तै टोलीले एक दिनको होमस्टे बस्न पाउने छ । संकटाले १ लाख ६५ हजार ५ सय ५५ पायो । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]