default_image

3 years ago

June 18, 2021

भेट्रान गोलरक्षक बुफोन पार्मा फर्किए

एजेन्सी – भेट्रान इटालियन गोलरक्षक जियानलुइगी बुफोन दुई दशकपछि आफ्नो पुरानो क्लब पार्मामा फर्किएका छन् । पार्मा दोस्रो डिभिजनमा घटुवा भएपनि बुफोनले आफ्नो पुर्व क्लब जाने निर्णय गरेका हुन् । पार्मा गत सिजन इटालियन सिरी ‘ए’ बाट दोश्रो डिभिजनमा घटुवा भएको थियो । पार्माले ४३ वर्षीय लेजेण्ड गोलरक्षक बुफोन क्लबमा फर्किएको पुष्टि गरेको छ । […]

82 views

0 Bookmark

एजेन्सी – भेट्रान इटालियन गोलरक्षक जियानलुइगी बुफोन दुई दशकपछि आफ्नो पुरानो क्लब पार्मामा फर्किएका छन् । पार्मा दोस्रो डिभिजनमा घटुवा भएपनि बुफोनले आफ्नो पुर्व क्लब जाने निर्णय गरेका हुन् ।

पार्मा गत सिजन इटालियन सिरी ‘ए’ बाट दोश्रो डिभिजनमा घटुवा भएको थियो । पार्माले ४३ वर्षीय लेजेण्ड गोलरक्षक बुफोन क्लबमा फर्किएको पुष्टि गरेको छ । पार्माको ट्वीटर ह्यान्डलबाट सार्वजनिक भएको भिडियोमा बुफोनले आफु पुर्व क्लबमा फर्किएको र सुपरम्यान रिटन्र्स ब्याक ।’ देखाएको छ ।

बुफोनले सिरी ‘ए’ मा कीर्तिमानी ६५७ खेल खेलेका छन् । उनले सन् १९९५ मा १७ वर्षको उमेरमा पार्माबाट खेल्दै सिनियर व्यवसायिक खेल करियर शुरु गरेका थिए । युभेन्ट्सले बुफोनलाई २००१ मा त्यतिबेलाको गोलरक्षकको लागि कीर्तिमानी २५ मिलियन पाउन्ड खर्चेका थिए ।

बुफोनको बिदाईसँगै युभेन्टसमा उनको दोस्रो सिजनको पनि अन्तय हुनेछ । बुफोन २००१ मा पार्माबाट युभेन्टस पुगेका थिए । उनी २०१८ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका थिए । त्यहाँ एक सिजन फ्रेन्च लिग वान जितेपछि उनी पुनः २०१९ मा युभेन्टस फर्किएका थिए । उनले हालसम्म ६८५ खेल खेल्दा ३२२ क्लिन सिट र २५ ट्रफी जितेका छन् । सिरी ‘ए’ मा उनले यो सिजन १४ खेलमा मात्रै मौका पाएका थिए।

उनले पार्माबाट समान एक पटक कोपा इटासलिया, सुपर कोपा इटालिया र युइएफए कप जितेका छन् । यस्तै युभेन्टसबाट १० सिरी ‘ए’, १ सिरी ‘बी’, ४ कोपा इटालिया, ६ सुपर कोपा इटालिया र च्याम्पियन्स लिगमा ३ सिजन उपविजेता बन्न सफल भएका थिए । पीएसजीबाट लिग वान र सुपर कप जितेका छन् । २००६ मा विश्वकप जितेका उनले इटालीको राष्ट्रिय टोलीबाट १७६ क्याप जितेका छन् ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.