default_image

9 years ago

October 29, 2016

चितवनमा संकटाले आर्मीको चुनौति पार लगाउँला ?

118 views

0 Bookmark

भरतपुर (हाम्रो खेलकुद) – ए डिभिजन टोली सिएमजी संकटा क्लबका लागि यो सिजन भ्याइनभ्याइ रह्यो । चितवनको नारायणगढ र नवलपरासीको डण्डामा एकै समय आयोजना भएका दुई ठूला नकआउट फुटबल प्रतियोगितामाले संकटालाई खुवै दौडायो । ए डिभिजन क्लबहरुमा जमेका खेलाडीको संयोजनले बलियो बनेको संकटा भाग्यवश दुवै प्रतियोगिताको फाइनलमा पुग्यो । क्याम्पाचौरमा जारी १२ औं टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलमा उपाधि जितको आशा कायमै छ । तर, शनिबारमात्र टोलीले नवलपरासीको कोल्हुवामा भएको राइनो गोल्डकप संरक्षण फुटबल प्रतियोगिताको उपाधि उचाल्ने मौकाको भने उपयोग गर्न सकेन । त्यहाँको फाइनलमा संकटाले बी डिभिजन ब्याइज युनियनलाई २–१ नतिजा सुम्पियो । sankhata-club
विकास रनिङ सिल्डको सेमिफाइनलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई हराएर उत्साहित संकटा फेरी एकपटक अर्को परिक्षामा उत्रदैछ । उपाधि भिडन्तमा आइतबार दिउँसो टोलीले नेपाल आर्मीको सामना गर्दैछ । यो बीचमा संकटाका खेलाडीले आराम पाएका छैनन् । राइनोको सेमिफाइनलदेखि लगतार चौथो दिन टोली मैदानमा सक्रिय छ ।
चितवनमा खेल्दा नवलपरासीको विश्राम र नवलपरासी खेल्दा चितवन विश्राममै बित्यो । बिहीबार नवलपरासीमा सेमिफाइनल जितेको भोलिपल्ट शुक्रबार चितवनमा मनाङलाई हरायो । फेरी शनिबार नवलपरासीमा फाइनल खेलेको भोली पल्छ आइतबार आर्मीका विरुद्ध उत्रदैछ ।

gn3_2021242232
संकटाको विश्रामविनाको दौडधुपको फाइदा भने आर्मीले लिन सक्नेछ । आर्मीले बिहीबार सेमिफाइनलमा मोरङलाई हराएपछि विश्राममा छ । फाइनल पुग्ने दुई टोलीको तुलना गर्दा आर्मी यो प्रतियोगिताको भाग्यशाली टोली हा । पहिलो चरणमा वाई पाउँदै क्वाटरफाइनल आर्मीे प्रतियोगिताको एकमात्र टोली हो । क्वार्टरफाइनलमा टोलीले हिमालयन शेर्पा क्लबलाई हरायो । त्यसपछि तुलनात्मकरुपमा कमजोर मोरङलाई २–० ले हराएपछि आर्मी फाइनल पुग्यो । संकटाको यात्रा भने त्यो लामो रह्यो । पहिलो खेलमा भारतको खर्साङ, दोस्रोमा झापा–११ र सेमीफाइनलमा मनाङको चुनौती पन्छाएर संकटाले फाइनलमा स्थान बनाएको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.