9 years ago
October 29, 2016
लन्डन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले अर्को निराशनाजनक नतिजा आत्मसात गर्दा प्रिमियर लिगमा शनिबार शहरी प्रतिद्वन्द्वि म्यानचेस्टर सिटी र आर्सनलले जित निकालेका छन् ।
खराब प्रदर्शनका कारण दबाबमा रहेको युनाइटेडले बर्नलीसँग गोलरहित बराबरीमा चित्त बुझाउँदा सिटीले वेस्ट ब्रुमविचलाई ४–० ले हरायो । अर्को खेलमा आर्सनलले सन्डरल्यान्डमाथि ४–१ को जित हासिल गर्यो । अर्को खेलमा टोटेनह्याम र लेस्टर सिटीले १–१ को बराबरी खेले । वार्टफोर्डले हल सिटीलाई १–० र मिडल्सब्रोले बाउर्नमाउथलाई २–० ले निराश पारेको छ ।

१० खेलको समाप्तीमा शीर्ष दुई टोली सिटी र आर्सनलको समान २३ अंक पुगेको छ । गोलअन्तरमा सिटी पहिलो र आर्सनल दोस्रचे स्थानमा छ । टोटेनह्यामको २० अंक छ । युनाइटेडको भने १० खेलमा मात्र १५ अंक छ । आर्सनलको जितमा एलेक्स सान्चेज र ओलिभर जिर्राउडले समान २ गोल गरे । ७१ औं मिनेटसम्म १–१ को बराबरी रहेको खेलमा त्यसपछिको १७ मिनेटमा आर्सनलले ३ गोल गरेको थियो । सान्चेजले पहिलो गोल १९ औं मिनेटमा गरे । ६५ औं मिनेटमा सन्डरल्यान्डका जेरमाइन डेफोले पेनाल्टीमार्फत बराबरी गोल गरे । ५ मिनेटको फरक ७१ औं र ७६ औं मिनेटमा जिर्राउडले गोल गरे भने सान्चेजले ७८ औं मिनेटमा अर्को गोल थपे ।
अर्को एकपक्षिय खेलमा सिटीका लागि सर्जियो रामोसले १९ औं र २८ औं तथा इल्के गुन्डेगानले ७९ औं र अन्तिम मिनेटमा गोल गरे । गास्टोन रामिरेजले ३९ औं र स्टेवार्ट डाउनिङले ५६ औं मिनेटमा गोल गरेपछि मिडल्सब्रोको जित पक्का भएको थियो । मिचेल डाउसनको आत्मघाती गोलमा वार्टफोर्डको जित पक्का भएको थियो । अर्को खेलमा भिसेन्ट जानसेनको गोलबाट ४४ औं मिनेटमा टोटेनह्यामले अग्रता लिएपनि ४८ औं मिनेटमा साविक विजेता लेस्टरका लागि अहमद मुसाले बराबरी गोल फर्काए । लेस्टरको १० खेलमा १२ अंक पुगेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]