9 years ago
October 30, 2016
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कपमा भाग लिन नेपाली राष्ट्रिय फुटबल टोली आइतबार राती मलेसिया प्रस्थान गरेको छ । नेपालसहित ७ राष्ट्रको सहभागितामा रहेको सोलिडारिटी कप बुधबार कुचिङ सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेल शनिबार टिमोर लिस्टेसँग खेल्नेछ । त्यस्तै कात्तिक २३ गते बु्रनाईसँग खेल्नेछ ।

एन्फाका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष मणी कुवँरले टोलीको विदाई गरेका थिए । ‘पछिल्लो बर्ष हाम्रो लागि निकै फलदायी रह्यो । हामीले दुईवटा अन्तर्राष्ट्रिय उपाधि जित्यौं । म त्यस्तै विजयी लयलाई काम राख्न टोलीलाई शुभकामना दिन्छु’ कुवँवरले भने, ‘ म आफै पनि नेपाली फुटबलको विकासका लागि प्रयास गर्नेछु ।’
नेपाली राष्ट्रिय टोलीले माघमा बंगालादेशमा बंगबन्धु गोल्डकप फुटबल उपाधि जितेको थियो । अधिकांश तिनै खेलाडी रहेको नेपाली यू २३ टोलीले फागुनमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेको थियो । त्यसयता नेपाली टोली पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पहिलो पटक निस्केको हो ।
नेपाल रहेको सोलिडारिटी कपको समूह एमा तीन टोली छन् । अर्को समूहमा श्रीलंका, मकाउ, मंगोलिया र लाओस् छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

नेपाली टोली
गोलकिपर – विकेश कुथु, किरण लिम्बु, विशाल श्रेष्ठ
रक्षक – रविन श्रेष्ठ, विराज महर्जन, विराज महर्जन, अनन्त तामाङ, दीपक गुरुङ, आदित्य चौधरी, कमल श्रेष्ठ , देवेन्द्र तामाङ, रञ्जित धिमाल
मिडफिल्ड – विशाल राई, हेमन गुरुङ, विक्रम लामा,अन्जन विष्ट, सुजन श्रेष्ठ, राजेन्द्र रावल
फरवार्ड – विमल घर्तीमगर,रञ्जन विष्ट, अनिल गुरुङ,सुमन लामा, नवयुग श्रेष्ठ, भरत खवास
प्रमुख प्रशिक्षक – ग्योटुकु कोजी
प्रशिक्षक – राजु शाक्य
गोलकिपर प्रशिक्षक – उज्जवल मानन्धर
व्यवस्थापक – विराटजंग शाही
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]